२०८३ साउन २१ गते बिहीबार

आइसिसी यू–१९ एसिया छनोट : आज नेपालले ओमानसँग खेल्दै

आइसिसी यू–१९ एसिया छनोट : आज नेपालले ओमानसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १ गते सोमबार ०९:०९

जारी एशिया छनौट प्रतियोगितामा नेपालले पहिलो खेलमा युएईलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ भने ओमानले अफगानिस्तानसँग हार बेहोरेको छ ।

पोखरा ।

आइसिसी यू–१९ पुरुष विश्वकपअन्तर्गतको एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ ।

यो खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने शुरु हुने छ ।

जारी एशिया छनौट प्रतियोगितामा नेपालले पहिलो खेलमा युएईलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ भने ओमानले अफगानिस्तानसँग हार बेहोरेको छ ।

नेपालले आइतबार भएको खेलमाा युएईमाथि डिएलएस मेथडमा ५ रनको जित निकालेको हो ।

त्यस्तै आज अर्को खेल अफगानिस्तान र हङकङबीच तल्लो मुलपानी क्रिकेट मैदानमा सोही समय हुनेछ । अप्रिल १६ मा नेपालले हङकङसँग र अफगानिस्तानले युएईसँग खेल्ने तालिका रहेको छ ।

त्यसैगरी अप्रिल १७ मा ओमान र युएई खेल्दै छन् भने अप्रिल १८ मा हङकङ र ओमान खेल्दै छन् । त्यसैगरी अप्रिल १९ मा नेपाल र अफगानिस्तानसँग खेल्नेछन् ।

एशिया छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू(१९ विश्वकपमा छनोट हुनेछ । यो एकदिवसीय फम्र्याटको विश्वकप हो ।

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ ।

 

प्रकाशित मिति २०८२ वैशाख १ गते सोमबार ०९:०९
हजुरको प्रतिक्रिया