२०८३ साउन २१ गते बिहीबार

एनएसएलमा आज पोखरा थण्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै

एनएसएलमा आज पोखरा थण्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २ गते मंगलबार ०९:४५

पोखरालाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने स्थितीमा छ भने बुटवल लुम्बिनी यसअघि नै प्लेअफको समिरकणबाट बाहिरिसकेको छ ।

पोखरा ।

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलअन्तर्गत आज पोखरा थण्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टिमबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजेबाट सुरु हुनेछ । लिग चरणमा दुवै टिमको यो अन्तिम खेल हो ।

पोखरालाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने स्थितीमा छ भने बुटवल लुम्बिनी यसअघि नै प्लेअफको समिरकणबाट बाहिरिसकेको छ ।

५ खेलबाट ५ अंकसहित पोखरा पाँचौ संथानमा छ भने १ अंकसहित बुटवल पूछारमा छ । पोखरा लिगको अन्तिम खेल जित्दै प्लेअफ पुग्ने लक्ष्यसहित आज मैदानमा हुनेछ ।

उता प्लेअफ होडबाट बाहिरिसकेको बुटवल लुम्बिनी भने अन्तिम खेलमा सुखद नतिजाका साथ लिग सकाउन चाहन्छ । बुटवलले अहिलेसम्म एक खेल पनि जितेको छैन ।

यदी आज पोखराले बुटवललाई पराजित गरेमा उसको ८ अंक हुनेछ । लिगको ६ खेल नै खेलिसकेको काठमाडौं रेजर्सको पनि ८ अंक छ ।

काठमाडौं र पोखराको अहिले माइनस १ गोल अन्तर छ । पोखरा विजयी हुँदा गोल अन्तर पनि सुधारिनेछ भने पोखरा अघि रहनेछ । योसंगै पोखराले हेड टु हेडमा काठमाडौंलाई पछि पार्नेछ र पोखरा पनि प्लेअफमा पुग्नेछ ।

यस्तै पोखरा विजयी भएमा झापा एफसी पनि आफ्नो अन्तिम लिग खेल्नुअघि नै बाहिरिनेछ ।

तर बराबरी वा हार भएमा पोखराको प्लेअफ सम्भावना सकिनेछ भने काठमाडौं रेजर्स प्लेअफ पुग्नेछ र झापा एफसीको पनि झिनो सम्भावना बाँकी रहनेछ ।

प्रकाशित मिति २०८२ वैशाख २ गते मंगलबार ०९:४५
हजुरको प्रतिक्रिया