२०८३ असोज २४ गते शनिबार

घट्यो सुनको भाउ, चाँदी पनि घट्यो

घट्यो सुनको भाउ, चाँदी पनि घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २ गते मंगलबार १२:१५

काठमाण्डौ । मंगलबार सुनको भाउ घटेको छ । सुनको भाउ एक हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ७४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन गएको चैत ३१ गते सुनको भाउ अहिलेसम्मकै...

काठमाण्डौ ।

मंगलबार सुनको भाउ घटेको छ ।

सुनको भाउ एक हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ७४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन गएको चैत ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०८२ वैशाख २ गते मंगलबार १२:१५
हजुरको प्रतिक्रिया