२०८३ असोज २३ गते शुक्रबार

युराेकप : नकआउट समीकरण पूरा, बेल्जियम र पोर्चुगल, जर्मनी र इंग्ल्याण्ड अन्तिम १६ मै भिड्ने

युराेकप : नकआउट समीकरण पूरा, बेल्जियम र पोर्चुगल, जर्मनी र इंग्ल्याण्ड अन्तिम १६ मै भिड्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार १० गते बिहीबार ०९:२५

पाेखरा । युराे २०२० मा समूह चरणका खेलहरु समाप्त भएका छन् । समूहचरणका खेलहरू समाप्त भएसँगै युरो २०२० का नकआउट समीकरण पनि पूरा भएको छ । बुधबार राति भएको समूह ‘इ; र ;एफ’को खेलपछि नकआउट पुग्ने १६ टोलीकै टुङ्गो लागेको हो । समूह ‘ई’ बाट स्वीडेन...

पाेखरा । युराे २०२० मा समूह चरणका खेलहरु समाप्त भएका छन् । समूहचरणका खेलहरू समाप्त भएसँगै युरो २०२० का नकआउट समीकरण पनि पूरा भएको छ । बुधबार राति भएको समूह ‘इ; र ;एफ’को खेलपछि नकआउट पुग्ने १६ टोलीकै टुङ्गो लागेको हो ।

समूह ‘ई’ बाट स्वीडेन समूह विजेता र स्पेन समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगे भने समूह ‘एफ’बाट फ्रान्स समूह विजेता र जर्मनी समूह उपविजेता बन्दै छनोट हुँदा पोर्चुगल पनि तेस्रो मध्ये उत्कृष्ट हुँदै नकआउट चरणमा पुगेको छ ।

यसअघि नै समूह ‘ए’ बाट इटली र वेल्स, समूह ‘बी’ बेल्जियम र डेनमार्क, समूह ‘सी’ बाट नेदरल्याण्ड्स र अष्ट्रिया तथा समूह ‘डी’ बाट इंग्ल्याण्ड र क्रोएसिया अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । यस्तै उत्कृष्ट तेस्रो मध्येबाट स्विट्जरल्याण्ड, चेक रिपब्लिक, युक्रेन र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका छन् ।

साविक विजेता पोर्चुगलले अन्तिम १६ मा विश्व नम्बर एक बेल्जियमसँग खेल्नेछ भने पूर्व च्याम्पियन जर्मनीले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

उपाधि दाबेदार टिमहरु पोर्चुगल, बेल्जियमसँगै इटली, फ्रान्स र स्पेन एउटा पाेलमा छन् । यी टिमहरु मध्ये एक टिम मात्र फाइनलमा पुग्नेछन् । यस्तै जर्मनी, इंग्ल्याण्ड र नेदरल्याण्ड्स अर्को पाेलमा छन्।

युराे २०२० मा प्रि क्ववाटरफाइनलका खेलहरु शनिबारदेखि सुरु हुनेछन् ।

अन्तिम १६ मा को को भिड्नेछन् ?

वेल्स भर्सेस डेनमार्क – असार १२ गते
इटली भर्सेस अष्ट्रिया – असार १२ गते

नेदरल्याण्ड्स भर्सेस चेक रिपब्लिक – असार १३ गते
बेल्जियम भर्सेस पोर्चुगल असार – १३ गते

क्रोएसिया भर्सेस स्पेन – असार १४ गते
फ्रान्स भर्सेस स्विट्जरल्याण्ड – असार १४ गते

इंग्ल्याण्ड भर्सेस जर्मनी – असार १५ गते
स्वीडेन भर्सेस युक्रेन – असार १५ गते

प्रकाशित मिति २०७८ असार १० गते बिहीबार ०९:२५
हजुरको प्रतिक्रिया