२०८३ असोज २३ गते शुक्रबार

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्यान्डले जित्यो

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्यान्डले जित्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार १० गते बिहीबार ०९:५७

पाेखरा । विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्यान्डले जितेको छ। न्युजिल्यान्डले फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै साे उपाधी जितेकाे हाे । अन्तिम दिन भारतले दिएको १३९ रनको लक्ष्य न्युजिल्यान्डले २ विकेटको क्षतिमा...

पाेखरा । विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्यान्डले जितेको छ। न्युजिल्यान्डले फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै साे उपाधी जितेकाे हाे ।

अन्तिम दिन भारतले दिएको १३९ रनको लक्ष्य न्युजिल्यान्डले २ विकेटको क्षतिमा पार गर्‍यो। न्युजिल्यान्डको जितमा कप्तान केन विलियमसनले नटआउट ५२ रन र रोश टेलरले नटआउट ४७ रन जोडे।

त्यसअघि अन्तिम दिन नै भारत दोस्रो इनिङ्ग्समा १७० रनमै अलआउट भएपछि न्युजिल्यान्डले सामान्य लक्ष्य पाएको थियो। दोस्रो इनिङ्ग्समा भारतका लागि रिशव पन्तले सबैभन्दा बढी ४१ रन जोड्या अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

भारतलाई दोस्रो इनिङ्ग्समा सस्तोमा समेट्ने क्रममा न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए भने ट्रेन्ट बोल्डले ३ विकेट र केल जेमिसनले २ विकेट हात पारे।

साउथह्याम्टनमा भएको फाइनल खेल पटक पटक वर्षाले प्रभावित बनेको थियो। पहिलो इनिङमा भारत २१७ रन तथा न्युजिल्यान्डले २४९ रन जोडेका थिए। पहिलो इनिङमा भारतका लागि अजिन्का राहाणेले ४९ रन र विराट कोहलीले ४४ रन जोड्दा बलिङमा न्युजिल्यान्डका केल जेमिसनले ५ विकेट लिए।

यस्तै न्युजिल्यान्डका लागि डेभन कोनवेले ५४ रन र विलियनसनले ४९ रन जोडे। बलिङमा भारतका मोहमद सामीले ४ विकेट लिँदा इशान्त शर्माले ३ विकेट हात पारे।

दुई इनिङ्ग्समा गरी ७ विकेट लिएका न्युजिल्यान्डका जेमिसन प्लेयर अफ दि सिरिज भए।

प्रकाशित मिति २०७८ असार १० गते बिहीबार ०९:५७
हजुरको प्रतिक्रिया