२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगरले ल्यायो ६ अर्ब २७ करोडको बजेट ( मुख्य विशेषतासहित)

पोखरा महानगरले ल्यायो ६ अर्ब २७ करोडको बजेट ( मुख्य विशेषतासहित)

मन क्षेत्री

@Public 4K Tv

२०७८ असार १० गते बिहीबार ०३:५८

महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ९ करोड, संघीय राजश्व बाँडफाँडबाट ३१ करोड २१ लाख र प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख प्राप्त हुने र आन्तरिक आयबाट २ अर्ब २२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।

चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख र पूँजीगतर्फ ३ अर्ब ३६ करोड ८० लाख रुपैयाँ विनियोजन

पाेखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार पोखरा उपमहानगरपालिकाको बजेट सार्वजनिक गरेकी हुन् । चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख र पूँजीगतर्फ ३ अर्ब ३६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिको चालु आर्थिक वर्षको बजेट ५ अर्ब ३४ करोड ७१ लाख रहेको छ ।

महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ९ करोड, संघीय राजश्व बाँडफाँडबाट ३१ करोड २१ लाख र प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख प्राप्त हुने र आन्तरिक आयबाट २ अर्ब २२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।

महानगरले काेभिड नियन्त्रण, संस्थागत सुधार, कनेक्टिङ सडककाे निरन्तरता, सडकबत्ती विस्तार, अस्फाल्ट प्रविधियुक्त सडक निर्माण, स्यानिटरी ल्याण्डफिल साइट सञ्चालन, पर्यटन तथा पूर्वाधारमा निजी लगानीकाे परिचालनजस्ता कुरालाइ बजेटकाे प्राथमिकतामा राखेकाे छ ।

पूवार्धारतर्फ

  • विश्वबैंककाे आर्थिक सहयाेगमा १ अर्ब ५३ कराेड लागतमा निर्माणकाे तयारीमा रहेकाे ‘तालचाेक बेगनास सडक’ का लागि २४ कराेड २५ लाख विनियाेजन
  • अस्फाल्ट प्रविधियुक्त सडक पिच कार्यक्रमका लागि ७ कराेड विनियाेजना
  • चालु आर्थिक वर्षदेखि निरन्तर रहेका कनेक्टिङ सडक निर्माण एवम् मर्मत सम्भारका लागि १ अर्ब २० कराेड
  • स्वास्थ्य चाैकी, वडा कार्यालयलगायतका प्रशासनिक भवनसहित समग्र भवन निर्माणका लागि ३० कराेड विनियाेजन
  • खानेपानी आयाेजनाहरूकाे कार्यान्वयनका लागि ११ कराेड ६३ लाख
  • शहरी क्षेत्रकाे सडकबत्ती व्यवस्थापनका लागि १३ कराेड
  • ब्रुमर खरिदका लागि २ कराेड ५० लाख
  • सेनेटरी ल्याण्डफिल साइट सञ्चालनका लागि ८ कराेड

सुशासन तथा सेवा प्रवाह

  • कमर्चारीलाइ तलवसहितकाे पर्यटन काजकाे व्यवस्था
  • नगरप्रहरीलाइ रासनकाे सुविधा
  • क्षमता विस्तार तालिमकाे व्यवस्था
  • प्रशासनिक क्षेत्रतर्फ समग्रमा ५२ कराेड ५२ लाख विनियाेजन

 

पर्यटन विकासतर्फ

  • फेवाताल वरपरकाे पदमार्ग निर्माणका लागि १ कराेड ५० लाख विनियाेजन
  • पर्यटन सूचनाकेन्द्र स्थापनाकाे लागि २० लाख विनियाेजन
  • सात ताल जाेडने साइकल रूटकाे लागि ५० लाख विनियाेजन
  • बसुन्धरा र काेमागाने पार्कमा थप पूर्वाधार निर्माणका लागि १ कराेड
  • पाेखरा काेशेली घरकाे निर्माण गरिने
  • पर्यटन तथा वातावरण तर्फ समग्रमा २६ कराेड ६७ लाख विनियाेजन

स्वास्थ्य क्षेत्रतर्फ

  • काेभिड नियन्त्रणका लागि ३ कराेड विनियाेजन
  • शिशुवा अस्पताल सञ्चालनका लागि ३ कराेड ५० लाख
  • गर्भवती महिला तथा बालबालिकाहरूकाे पाेषणका लागि २० लाख
  • सम्पूर्ण नगर स्वास्थ्य केन्द्रहरूकाे सञ्चालन खर्च ५ कराेड ३० लाख
  • स्वास्थ्य संस्थाहरूकाे भवन मर्मतका लागि ५० लाख
  • समग्र स्वास्थ्य क्षेत्रतर्फ २१ कराेड ५० लाख विनियाेजन

शिक्षा, संस्कृति, युवा तथा खेलकुद क्षेत्र

  • पाेखरा प्रज्ञा प्रतिष्ठानका लागि ३० लाख
  • समग्र खेल गतिविधि सञ्चालन गर्नका लागि १ कराेड ५५ लाख
  • डिजिटल पाेखरा अभियानलाइ सघाउन सूचना प्रविधिमैत्री कक्षाकाेठा निर्माणका लागि १ कराेड ५० लाख
  • शिक्षातर्फ १ अर्ब ४९ कराेड विनियाेजन

कृषि, पशु सेवा तथा सहकारी

  • साना सिँचाइ क्षेत्रमा १ अर्व विनियाेजन
  • कृषि उपजकाे समर्थन मुल्य ताेकिने, कृषि उपकरण वितरणका लागि २५ लाख अनुदान प्रस्ताव
  • वाच्छी तथा पाडी हुर्काएवापत किसानलाइ रू. ४ हजार अनुदान दिइने जसका लागि २० लाख वजेट प्रस्ताव
  • बहुबर्षीय घाँस लगाउने किसानलाइ प्रति राेपनी ३ हजार अनुदान दिइने, जसका लागि २० लाख वजेट प्रस्ताव
  • पशुसेवातर्फ कुल रू. २ कराेड ५० लाख विनियाेजन
  • कृषि विकास, पशु सेवा तथा साना सिँचाइ समेत गरि समग्र कृषि क्षेत्रमा रू. १० कराेड बजेट प्रस्ताव

अन्य क्षेत्रहरू

  • प्रकाेप व्यवस्थापन काेषमा २ कराेड ५० लाख विनियाेजना
  • सामाजिक विकासकाे क्षेत्रमा रू. ८ कराेड बजेट विनियाेजन
  • उपप्रमुखसँग महिला कार्यक्रमका लागि रू. ८ कराेड परिचालन गरिने
  • डिजिटल वालेटबाट व्यवसाय कर दाखिला गर्न मिल्ने पूवार्धार तयार गर्ने
  • सार्वजनिक पुस्तकालय स्थापना र सञ्चालनकाे लागि जग्गा खाेजी प्रकृया शुरू गरिने
  • सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाकाे विपदमा हातेमालाे गर्न रू. १०/ १० लाख सहयाेग गर्न बजेट प्रस्ताव

 

सम्पूर्ण बजेटबारे थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

बजेट भाषण २०७८ (1)

प्रकाशित मिति २०७८ असार १० गते बिहीबार ०३:५८
हजुरको प्रतिक्रिया