२०८३ साउन २१ गते बिहीबार

२०८४ सम्म सरकारमा जाँदैनौँः अध्यक्ष दाहाल

२०८४ सम्म सरकारमा जाँदैनौँः अध्यक्ष दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ४ गते बिहीबार ०१:३९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने पार्टीको निर्णयमा थप दृढता भएको बताएका छन् । हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीवार रुपन्देहीमा आयोजित पत्रकार...

भ्रष्टाचारी र भूमाफियाहरुविरुद्धको अभियान चलाएकै कारण आफू नेतृत्वको सरकार ढलेको जिकिर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने पार्टीको निर्णयमा थप दृढता भएको बताएका छन् ।

हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीवार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले फेरि सरकारमा गएर त्रुटी गर्ने पक्षमा आफू नरहेको बताए ।

जनतामा फेरि माओवादी केन्द्रप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने उनको भनाइ छ ।

उनले भ्रष्टाचारी र भूमाफियाहरुविरुद्धको अभियान चलाएकै कारण आफू नेतृत्वको सरकार ढलेको जिकिर गरे ।

उनले भ्रष्टाचार विरुद्धको अभियान छोडेको र केही भ्रष्टाचारीहरुको संरक्षण गरेको भए काँग्रेस र एमालेको समर्थन पाइराख्ने दाबी गरे ।

उनले भने, ‘अहिले आम जनताले फेरि एकचोटि हाम्रो भरोसा माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर र प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजारौं हजारको संख्या जुन देख्यौं । त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ । सरकारमा चाँही ०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा दृढता पैदा भएको छ । सरकारमा जान हतार गरेको होला भन्ने लाग्न सक्छ । बेल्कुल होइन । हामी अब फेरि त्यो त्रुटी गर्ने पक्षमा छैनौं । यदी कुर्सी प्राप्तिको लागि जे पनि गर्ने भए मेरो कुर्सी जाने वाला नै थिएन । म काँग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सक्थे । यदि मैले भ्रष्टाचार विरुद्धको अभियान छोडिदिएको भए । राज्यको जमिन कब्जा गर्ने भूमाफियाहरुलाई छोडिदिएको भए । या केही भ्रष्टचारीहरुलाई संरक्षण गर्न अगाडि बढेको भए मेरो सरकार ढल्ने वाला नै थिएन । ’

उनले (माओवादी केन्द्र) ले व्यवस्थाको लागि लडेका वर्ग र समुदायमा जान ढिला भइसकेको महशुस भएको समेत बताए ।

उनले अभियानका क्रमा आफूहरुले विगतमा बाटो बिराएको र अहिले ठिक बाटोमा हिँडिरहेको आत्मविश्वास रहेको उल्लेख गरे ।

प्रकाशित मिति २०८२ वैशाख ४ गते बिहीबार ०१:३९
हजुरको प्रतिक्रिया