२०८३ असोज २४ गते शनिबार

केपी ओली कप क्रिकेटः उपाधिका लागि काठमाडौं र गण्डकी भिड्ने

केपी ओली कप क्रिकेटः उपाधिका लागि काठमाडौं र गण्डकी भिड्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ४ गते बिहीबार ०८:२१

पोखरा पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटको उपाधिका लागि सिइसी काठमाडौं र गण्डकी हिरोज भिड्ने भएका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा विजयी हुँदै काठमाडौं र गण्डकी हिरोजले फाइनलमा...

पोखरा
पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटको उपाधिका लागि सिइसी काठमाडौं र गण्डकी हिरोज भिड्ने भएका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा विजयी हुँदै काठमाडौं र गण्डकी हिरोजले फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

पहिलो सेमीफाइनल वर्षाका कारण ५ ओभरको खेलाइएको थियो । उक्त खेलमा हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराउँदै काठमाडौंले फाइनल यात्रा तय गरेको हो । ५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्सले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै ४७ रन बनाएको थियो । ओपनर सुवोध ऐरी १३, आसिष तिरुवा १३ र अभिनाष सिंह १२ रन बनाए । बलिङमा काठमाडौंका मनोज यादवले २ र युनिश विक्रम सिंह ठकुरीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले ५ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनाएको थियो । ओपनर रित गौतमले २८, अर्जुन घर्ती १३ र दिपेन्द्र रावत ८ रन बनाए ।

दोस्रो सेमीफाइनलमा अत्तरिया क्रिकेट एकेडेमीले उत्कृष्ट सुरुआत गरेपनि वर्षा भएपछि खेल टसमार्फत निर्धारण गरेको थियो । अत्तरियाले १३ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १४६ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । खेल हुने अवस्था नभएपछि टस गरिएको थियो । टस गण्डकीले जित्दै फाइनल यात्रा तय ग¥यो । फाइनल खेल शुक्रबार हुनेछ । चैत २३ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो । हरेक समूहको विजेताले अन्तिम चारमा स्थान बनाएका हुन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति २०८२ वैशाख ४ गते बिहीबार ०८:२१

हजुरको प्रतिक्रिया