२०८३ कात्तिक ११ गते मंगलबार

वैशाखभर युआरएलमा सबै जाँचमा ३० प्रतिशत छुट

वैशाखभर युआरएलमा सबै जाँचमा ३० प्रतिशत छुट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ५ गते शुक्रबार ०९:४२

अहिलेसम्म युआरएल आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय ९४ वटा निशुल्क रक्त परीक्षण शिविरसँगै सचेतना कार्यक्रम भएका छन् । ती शिविरबाट करिब साढे दुई लाखले सेवा लिएको युआरएलले जनाएको छ ।

सभागृहचोकस्थित मुख्य कार्यालयमा थाइराइडको जाँच सित्तैमा

पोखरा ।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट र थाइराइड सित्तैमा जाँच गर्ने योजना सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले वैशाखभर मुख्य कार्यालयसहित १६ वटै शाखाका सबै सेवामा ३० प्रतिशत छुट दिएको छ ।

नयाँ वर्षकै अवसरमा युआरएलको सभागृहचोकमा रहेको मुख्य कार्यालयमा थाइराइडसम्बन्धी रगत जाँच (टिएसएच) सित्तैमा गर्न थालिएको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले जानकारी दिए ।


युआरएलका पोखरा महानगरमा रहेका शाखाहरु हस्पिटलचोक, विरौटा, शिशुवा, मोहोरिया, बाटुलेचौर, मियाँपाटन र लेकसाइडमा छुट सुविधा उपलब्ध छ ।

सँगसँगै, नवलपुरको कावासोती, स्याङ्जाका वालिङ र स्याङ्जा, बागलुङ, तनहुँका दमौली, दुलेगौंडा र बेलचौतारा र लमजुङको बेंसीसहर शाखाबाट पनि सेवाग्राहीले छुट पाउनेछन् ।

युआरएलको रिपोर्टलाई राजधानी र भारतका प्रतिष्ठित अस्पतालहरुले पनि मान्यता दिने गरेका छन् ।

आफैं जाँच गर्न आउनेको संख्या, रिफर आउने नमुनाहरु, प्रयोग भएका प्रविधि, मेसिन र जनशक्तिका आधारमा युआरएल नमुना र अग्रणी ल्याब बनेको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए ।

‘हालै हामीले थाइराइड, भिटामिन, निसन्तानसम्बन्धी परीक्षणका लागि नयाँ मेसिन थपेका छौँ । सेवाग्राही र परीक्षणका नमुनाको संख्या बढेकाले कार्यालय विस्तारसँगै कर्मचारी पनि थप गरेका छौँ,’ उनले भने, ‘हामीले गरेको सामाजिक काम, परीक्षणको मात्रा, रिफर आउने नमुना, सेवाग्राहीको विश्वासले युआरएल अग्रणी र लोकप्रिय ल्याब बनेको छ ।’

२०७० सालमा स्थापना भएको युआरएलले गण्डकी प्रदेशका ८ जिल्लामा सेवा विस्तार गरेको छ ।

अहिलेसम्म युआरएल आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय ९४ वटा निशुल्क रक्त परीक्षण शिविरसँगै सचेतना कार्यक्रम भएका छन् ।

ती शिविरबाट करिब साढे दुई लाखले सेवा लिएको युआरएलले जनाएको छ ।

युआरएलमा पाँच सयभन्दा बढी स्वास्थ्य संस्थाबाट परिक्षणका लागि नमुना आउने गरेको र अहिलेसम्म १ हजार २ सयभन्दा बढी चिकित्सकले जाँचका लागि युआरएलमा रिफर गरेको अध्यक्ष पन्थले बताए ।

विश्वकै प्रतिष्ठित एपोलो हस्पिटलले युआरएललाई गण्डकी प्रदेशका लागि आधिकारिक रिफरल सेन्टरको मान्यता दिएको छ ।

प्रकाशित मिति २०८२ वैशाख ५ गते शुक्रबार ०९:४२
हजुरको प्रतिक्रिया