२०८३ साउन २१ गते बिहीबार

सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन-प्रधानमन्त्री केपी शर्मा ओली

सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन-प्रधानमन्त्री केपी शर्मा ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ५ गते शुक्रबार ०२:२१

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताएका छन् । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि कांग्रेस, एमालेबाटै सरकार ढल्न लागेको...

चितवन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि कांग्रेस, एमालेबाटै सरकार ढल्न लागेको सुँइको पाएको बताएका थिए । ओलीले ‘प्रचण्ड’को संशयको जवाफ दिँदै कांग्रेस र एमालेजस्ता ठूला र इतिहास बोकेका दलहरुले देशमा विकास र सुशासनका लागि मिलेर गठन गरिएको सरकार हल्लाले नढल्ने बताए ।

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बाेधन गर्दै ओलीले ‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्छ, त्यो भन्दा परिस्कृत परिमार्जित गन्तव्य अरु छैन ।’

उनले सुखी नेपाली र समृद्ध नेपाल धेरै ठूलो औषधि सानो क्याप्सुलमा राखेजस्तो भएको बताए । उनले इच्छाकामना गाउँपालिका प्राकृतिक रुपमा निकै सम्भावना भएको पालिका भएको बताए ।

उनले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी गरेर गर्मीको बेला चिसो खान इच्छाकामना गाउँपालिकामा आउने सकिने बताए ।

मनकामना मन्दिर दर्शन गर्न जान आउन, इच्छाकामना मन्दिरको दर्शन नगरी मनोकामना पुरा नहुने भएकोले धार्मिक र पर्यटकीय सम्भावना उच्च रहेको प्रधानमन्त्री ओलीले बताए ।

इच्छाकामनाको पहाडमा सुरक्षित आवास निर्माण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले कृषि, पर्यटन, आर्यआर्जनमा स्थानीयलाई जोड्न सुझाव दिए । प्रधानमन्त्री ओलीले चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाको ४ करोड २ लाख रुपैयाँको लागतमा बनेको भवनको उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति २०८२ वैशाख ५ गते शुक्रबार ०२:२१
हजुरको प्रतिक्रिया