२०८३ साउन २१ गते बिहीबार

प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापन सन्ताेषजनक : मुख्यमन्त्री पाण्डे

प्रदेशको  शान्ति सुरक्षा र विपद् व्यवस्थापन सन्ताेषजनक : मुख्यमन्त्री पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ५ गते शुक्रबार ०२:५०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा अधिकतम् प्रयास भएको बताएका छन् । प्रदेशको शान्ति सुरक्षा सन्तोषजनक रहेको उनले उल्लेख गरे । प्रदेश सुरक्षा गोष्ठीलाई...

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा अधिकतम् प्रयास भएको बताएका छन् । प्रदेशको शान्ति सुरक्षा सन्तोषजनक रहेको उनले उल्लेख गरे ।

प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै पाण्डेले भने –’प्रदेशमा कुनै प्रकारको भूमिगत सशस्त्र सङ्घर्ष छैन । जातीय पहिचानका लागि खोलिएका सङ्घ संस्थाको माग सम्बोधन गरिएको छ । हामी कहाँ अलि बढी लागू औषध दुरुपयोग चुनौतीको रूपमा देखा परेको छ । ‘

दिनको २, ३ जना आत्महत्या गर्ने गरेको तथ्यंक पेस गर्दै उनले सामाजिक सञ्जालबाट उत्तेजित बनाएर सुरक्षामा थ्रेट बढाउने काम भएकोप्रति आपत्ति जनाए । सहकारी घोटालामा छानबिनको सन्दर्भमा ठुलो दुर्घटना गराउन खोजिए पनि त्यसो हुन नदिइएको उनले प्रस्ट पारे ।

प्रदेश प्रहरी ऐन २०७७ बने पनि सुरक्षाको जिम्मा प्रदेश सरकार नआएकोमा उनले दुःख व्यक्त गरे । सङ्घ सरकारको नेतृत्व गर्नेहरूले नै प्रहरी समायोजनमा सकारात्मक भूमिका नखेलेको उनको आरोप छ ।

तीनै तहको सरकारबिच सहकार्य आवश्यक रहेको भन्दै उनले एक अर्कामा नकारात्मक टिप्पणी गर्दा राम्रो सन्देश नजाने बताए । प्रदेशमा १० करोड नघट्ने गरेर विपद् व्यवस्थापन कोष रहेको र जिल्ला तहमा १० लाख नघट्ने गरी कोष खडा गरिएको उनले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको समेत सहभागितामा शुरू सुरक्षा गोष्ठीमा गृहमन्त्री रमेश लेखकसहित गृहसचिव, ३ वटै सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।गोष्ठीमा गण्डकीका सबै जिल्लाबाट सुरक्षा समितिका पदाधिकारीहरूको समेत सहभागिता रहेको छ।

 

प्रकाशित मिति २०८२ वैशाख ५ गते शुक्रबार ०२:५०
हजुरको प्रतिक्रिया