पोखरा ।
दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुुरुष क्रिकेटको उपाधि गण्डकी हिरोजले जितेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै गण्डकी हिरोजले उपाधि जितेको हो ।
उपाधि जितेको गण्डकीले १० लाखसहित ट्रफी हार पा¥यो । फाइनलमा पराजित भएको काठमाडौंले ५ लाखमा चित्त बुझायो । काठमाडौंले दिएको १ सय ८३ रनको लक्ष्य पाएको गण्डकीले १७ ओभर ३ बलमा ५ विकेट गुमाउँदै १८५ रन बनायो ।
गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा अविजित रहँदै टोलीलाई जित दिलाए । किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै आउट भए । सुजन थपलिया ३५ रनमा आउट भए । दिपक डुुम्रे २६ रनमा आउट भए । ओपनर साकिव हुकले २४ रन बनाए ।
बलिङमा काठमाडौंका लागि दिपेन्द्र रावतले ३ विकेट लिदाँ मनोज यादव र सुुर्य तामाङले १–१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९ ओभर ४ बलमा १८२ रनमा समेटिएको थियो । अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पारी खेल्दै क्याचआउट हुन पुुगे ।
यस्तै पृथु बास्कोटाले अर्धशतकीय पारि खेल्दै आउट भए । सिवम तिवारीले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान ३–३ विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिए । गण्डकी हिरोजका किरण ठगुुना प्लेयरअफ दी म्याच घोषित भए ।
यस्तै काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे ।
उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गरे ।
प्रकाशित मिति २०८२ वैशाख ५ गते शुक्रबार ०५:४१




