काठमाडौं ।
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकको रमिता बढी भएको टिप्पणी गरेकी छिन् ।
उनले ‘सडकबाट ऐन पास हुने हो ?’ भनी शिक्षकहरूलाई सामाजिक सञ्जालमाबाटै प्रश्न गरेकी छिन् ।
उनले विधेयक पास गर्ने पनि निश्चित विधि र प्रक्रिया भएको स्मरण गराउँदै कसैसँग वार्ता पनि नगर्ने र सडकबाटै ऐन माग्ने शिक्षकहरूको प्रवृत्ति सही नभएको आफ्नो समाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।
विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरुले सडकबाटै ऐन पास गरिदिनुहुने रहेछ भन्दै उनले प्रश्न गरेकी छिन् ।
झाक्रीले निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेको भन्दै सरकारी विद्यालयहरुको रिजल्ट शून्य रहेको आरोपसमेत लगाएकी छिन् ।
झाक्री राज्यको तलब खाएका शिक्षक कर्मचारीले भर्नाको वेला विद्यालय बन्द गरेर लाखौ विद्यार्थीको भविष्य अन्योल बनाउन मिल्छ?’ भन्दै शिक्षकहरुलाई प्रश्न गरेकी छिन् ।

प्रकाशित मिति २०८२ वैशाख ६ गते शनिबार १०:५४




