२०८३ असोज २४ गते शनिबार

एनएसएल : पहिलो क्वालिफायरमा आज ललितपुर सिटी र धनगढी एफसी भिड्दै

एनएसएल : पहिलो क्वालिफायरमा आज ललितपुर सिटी र धनगढी एफसी भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ६ गते शनिबार १०:५५

यो खेलमा जित निकाल्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ ।

पोखरा ।

नेपाल सुपर लिग एनएसएल फुटबलको पहिलो क्वालिफायर खेलमा शनिबार साविक विजेता ललितपुर सिटी एफसी र साविक उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा साँझ ६ बजे शुरु हुनेछ । यो खेलमा जित निकाल्ने टोलीले फाइनलमा स्थान बनाउनेछ ।

पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ ।

एनएसएलमा भोलि हुने एलिमिनेटर खेलमा एफसी चितवन र फोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।

यो खेलको विजेताले क्वालिफायर २ मा स्थान बनाउनेछ। फाइनल खेल आगामी शनिबार हुनेछ ।

प्रकाशित मिति २०८२ वैशाख ६ गते शनिबार १०:५५
हजुरको प्रतिक्रिया