२०८३ साउन २१ गते बिहीबार

नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित

नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ६ गते शनिबार ११:२४

आज अन्तिम तथा निर्णायक खेल हुँदै थियो । तर अहिले मैदान भिजेका कारण टससमेत हुन सकेको छैन् । आइसिसी यु १९ पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाउन नेपाललाई आजको खेल जिते मात्रै पुग्छ ।

पोखरा ।

वर्षाका कारण मैदान भिजेपछि आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित भएको छ ।

शनिबार बिहान साढे ९ बजेबाट खेल तल्लो मुलपानी मैदानमा हुने भनिए पनि वर्षा हुँदा र मैदान ओसिलो हुँदा खेल अझै शुरु हुन सकेको छैन् ।

आज अन्तिम तथा निर्णायक खेल हुँदै थियो । तर अहिले मैदान भिजेका कारण टससमेत हुन सकेको छैन् ।

आइसिसी यु १९ पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाउन नेपाललाई आजको खेल जिते मात्रै पुग्छ ।

प्रतिस्पर्धी अफगानिस्तानलाई पनि नेपाललाई पराजित गरे पुग्छ । समान तीन खेलबाट ६ अंक बटुलेको अफगानिस्ता नेपाल भन्दा नेट रन रेटका आधारमा माथि छ ।

अहिले मैदान भिजेका कारण टसमा ढिलाइ भएको छ । आजको खेल सम्भव नभए दुवै टोलीले एक÷एक अंक बाँड्नेछन् ।

त्यसो हुँदा नेट रनरेटका अगाडि रहेको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ । उसले जिम्बावे र नामिबियामा अर्को वर्ष हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ ।

प्रतियोगितामा नेपाल र अफगानिस्तानले यसअघिका तीन वटै खेल जितेका छन् ।

नेपालले यूएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले हराएको थियो ।यस्तै अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनले हराएको थियो ।

 

प्रकाशित मिति २०८२ वैशाख ६ गते शनिबार ११:२४
हजुरको प्रतिक्रिया