२०८३ असोज २४ गते शनिबार

नेपाल सुपर लिग: आज एफसी चितवन र पोखरा थन्डर्सबीच एलिमिनेटर खेल हुँदै

नेपाल सुपर लिग: आज एफसी चितवन र पोखरा थन्डर्सबीच एलिमिनेटर खेल हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ७ गते आइतबार ०९:३९

आजको विजेता टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्दा पराजित हुने टोली प्रतिस्पर्धाबाट बाहिरिनेछ । दोस्रो क्वालिफायर खेल बुधबार हुनेछ ।

पोखरा ।

नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एफसी चितवन र पोखरा थन्डर्सबीच एलिमिनेटर खेल हुँदैछ ।

यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।

आजको विजेता टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्दा पराजित हुने टोली प्रतिस्पर्धाबाट बाहिरिनेछ । दोस्रो क्वालिफायर खेल बुधबार हुनेछ ।

दोस्रो क्वालिफायरमा हिजोको पराजित टिम धनगढी एफसीले आजको एलिमिनेटरको विजेतासंग खेल्नेछ ।

हिजो भएको पहिलो क्वालिफायर खेलमा विजयी हुँदै ललितपुर सिटी एफसी लिगको फाइनलमा प्रवेश गर्दा पराजित धनगढी एफसीले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको हो ।

साविक विजेता ललितपुर सिटीले साविक उपविजेता धनगढीलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

एनएसएलको उपाधि भिडन्त आगामी शनिबार हुनेछ ।

यसैबीच एनएसएलको पहिलो क्वालिफायरमा रेफ्रीको गलत निर्णयविरुद्धको ललितपुर सिटी एफसीले अपिल गर्ने भएको छ ।

रेफ्रीको गलत निर्णयका कारण दुई रातो कार्ड ब्यहोरेको ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने भएको हो ।

खेल संचालन गरेका फिफा रेफ्री उमेश बिडारीले पहिलो हाफमा मणिकुमार लामालाई सिधा रातो कार्ड र खेलपछि पाप डियाकीटेलाई दोहोरो पहेंलो कार्ड दिएका थिए । दुवै निर्णयको विरुद्ध ललितपुरले अपिल गर्ने क्लबले जनाएको छ ।

प्रतियोगिताको स्तर बढाउन टिमको हिसाबले धेरै मिहिनेत गरेको तर एनएसएल खेलाउने रेफ्रीको स्तरनै नभएको ललितपुर सिटीका प्रबन्ध निर्देशक आलोक जोशीको भनाइ छ ।

रेफ्रीको गलत निर्णयका कारण आफ्ना दुई महत्त्वपूर्ण खेलाडीले रातो कार्ड पाएको र यो गलत निर्णयको विरुद्धमा कडा अपिल गर्ने उनले विज्ञप्तीमार्फत् जनाएका छन् ।

तर रेफ्रीले दुई रातो कार्ड देखाएका कारण फाइनल खेलमा मणि र डियाकिटे उपस्थित हुने छैनन् ।  रेफ्रीको निर्णयमा अपिल गरेकाले आयोजकबाट निर्णय उल्टिए भने ती खेलाडी उपलब्ध हुनेछन् ।

खेलको सुरुवातमा धनगढीका मोहमद अल जाउनीबाट खराब ट्याकल बेहोरेका ललितपुरका मणिले उल्टै रातो कार्ड पाएका थिए ।

प्रकाशित मिति २०८२ वैशाख ७ गते आइतबार ०९:३९
हजुरको प्रतिक्रिया