२०८३ साउन २१ गते बिहीबार

स्वास्थ्यसँग सम्बन्धित चश्मा आयातमा भन्सार छुट हुनुपर्छः चश्मा व्यवसायी

स्वास्थ्यसँग सम्बन्धित चश्मा आयातमा भन्सार छुट हुनुपर्छः  चश्मा व्यवसायी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ७ गते आइतबार १०:४१

मानव शरीरको महत्वपूर्ण र संवेदनशील अंग आँखाको क्षेत्रमा काम गर्ने चश्मा व्यवसायीलाई व्यवसायको संरक्षण र प्रवद्र्धन गर्न प्रदर्शनीले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ ।

काठमाडौं ।

करमार्फत राज्यको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको चश्मा व्यवसायलाई राज्यले योजना बनाएर बजेटको व्यवस्था गर्नुपर्ने चश्मा व्यवसायीहरुले बताएका छन् ।

काठमाडौंमा जारी अप्टिकल एक्स्पोमा व्यवसायीहरुले चश्मा व्यवसायीको हकहितका लागि काम गर्नु सरकारको दायित्व भएको उनीहरुले बताएका हुन् ।

एक्स्पोमार्फत आएको परिणामले भविष्यमा यस्ता कार्यक्रम गर्न थप हौसला मिलेको उनीहरुको भनाइ छ ।

आयातकर्ता र खुद्रा विक्रेतालाई जोड्ने काम गर्ने प्रदर्शनीमा खुद्रा चश्मा पसलमा आवश्यक सम्पूर्ण सामानहरु उपलब्ध हुने व्यवसायीको भनाइ छ ।

प्रदर्शनी पहिलो पटक आयोजना गरिएको भएपनि ग्राहकको उपस्थितिले उत्साह थपिएको व्यवसायीले बताएका छन् ।

अप्टिकल एशोसिएशन व्यवसायी संघका सहसचिव देवेन्द्र मास्केले नेपालको अर्थतन्त्रमा चश्मा व्यवसायले ठूलो हिस्सा ओगटेको बताए ।

मानव शरीरको महत्वपूर्ण र संवेदनशील अंग आँखाको क्षेत्रमा काम गर्ने चश्मा व्यवसायीलाई व्यवसायको संरक्षण र प्रवद्र्धन गर्न प्रदर्शनीले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ ।

प्रदर्शनीमा देखिएको भीडले प्रदर्शनीको उद्देश्य पूरा भएको देखाउने उनले बताए । उनले चश्मा व्यवसायीलाई राज्यले तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

चश्मा व्यवासायी होलसेल संघका महासचिव छविलाल तिमल्सिनाले चश्मा व्यवसायीका समस्यामा सरकारले ध्यान दिनुपर्ने बताए । चश्माको आयातमा अत्याधिक कर लगाइएकाले सरकारले त्यसमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो ।

कर तिर्दा पनि कतिपय अवस्थामा व्यवसायीहरुले दुःख पाएको गुनासोसमेत उनले गरे । चश्मा व्यवसाय मान्छेको स्वास्थ्यसँग सम्बन्धित भएकाले आयातमा भन्सार छुट गर्नुपर्ने उनको माग छ ।

वैशाख ५ गतेदेखि शुरु भएको प्रदर्शनी वैशाख ७ गतेसम्म जारी रहने आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८२ वैशाख ७ गते आइतबार १०:४१
हजुरको प्रतिक्रिया