२०८३ साउन २१ गते बिहीबार

ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ९ गते मंगलबार १०:०४

कार्लोसले नेपाल आउँदा खुशी लागेको बताएका छन् । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेलेका थिए ।

काठमाडौं ।

ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् ।

नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी आज बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन् ।

मंगलबार बिहान एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

कार्लोसले नेपाल आउँदा खुशी लागेको बताएका छन् । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेलेका थिए ।

कार्लोस शुक्रबार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन सकेका थिएनन् ।

ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्वपूर्ण खेलाडी थिए ।

प्रकाशित मिति २०८२ वैशाख ९ गते मंगलबार १०:०४
हजुरको प्रतिक्रिया