क्यानले छान्यो ५२ खेलाडी, अभ्यास अप्रिल २६ देखि मे ३ सम्म हुने
पोखरा ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को घोषणा गरेको छ ।
क्यानले आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने लिग–२ शृंखलाको तयारीका लागि भन्दै ५२ खेलाडीलाई ‘कोर क्याम्प’मा राखेको छ ।
टोलीमा १९ वर्षमुनिको राष्ट्रिय टोलीका खेलाडी पनि रहेका छन् । जसमा यू–१९ टोलीका कप्तान नरेन भट्टसँगै युवराज खत्री र सन्तोष यादव समावेश रहेका छन् ।
क्यानले पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । क्यानले त्यी खेलाडीलाई निलो, हरियो, रातो र पहेँलो गरि चार समूहमा विभाजन गरेको छ ।
क्यानका अनुसार प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा खेलाडीबीच अभ्यास खेल सञ्चालन गरी अन्तिम टोली छनोट गरिनेछ ।
प्रशिक्षण र अभ्यास अप्रिल २६ देखि मे ३ तारिखसम्म मूलपानी मैदानमा हुनेछ ।

क्यानले सार्वजनिक गरेको निलो टोलीमा रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, करण केसी, प्रज्वल थापा (विकेटकिपर), सन्दीप जोरा, कुशल मल्ल‚ देव खनाल, अनिलकुमार साह (विकेटकिपर), शाकिब हक, सूर्य तामाङ, दिपेशप्रसाद कँडेल र युवराज खत्री रहेका छन् ।
हरियो टोलीमा आसिफ शेख (कप्तान तथा विकेटकिपर), सोमपाल कामी, इशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलीप नाथ (विकेटकिपर), विवेककुमार यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ल, रसिद खान र सन्तोष यादव छन् ।
रातो टोलीमा सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, भीम सार्की, प्रतिश जिसी, अर्जुन साउद (विकेटकिपर) तृतराज दास, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, आकाश चन्द र नरेन भट्ट छन् ।
त्यस्तै पहेँलो टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, ललितनारायण राजवंशी, विनोद भण्डारी (विकेटकिपर), मायन यादव, सुजन थपालिया, अर्जुन घर्ती (विकेटकिपर), किरण ठगुन्ना, अविनाश बोहरा, रुपेशकुमार सिंह, कमलसिंह ऐरी, विशाल पटेल र दीपेन्द्र रावत रहेका छन् ।

क्याम्पबाट स्कटल्यान्डमा हुने शृंखलाका लागि खेलाडी छानिने छन् ।
प्रकाशित मिति २०८२ वैशाख १० गते बुधबार ०९:०६




