२०८३ साउन २१ गते बिहीबार

एनएसएल : दोस्रो क्वालिफायरमा आज धनगढी र पोखराबीच प्रतिस्पर्धा हुँदै

एनएसएल : दोस्रो क्वालिफायरमा आज धनगढी र पोखराबीच प्रतिस्पर्धा हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १० गते बुधबार ०९:५८

धनगढीले पहिलो क्वालिफायरमा ललितपुर एफसीसँग पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो भने पोखराले इलिमिनेटरमा एफसी चितवनमाथि ३–० को सहज जित निकाल्दै धनगढीसँगको भेट पक्का गरेको हो ।

आजको विजेताले उपाधिका लागि शनिबार ललितपुर सिटीसँग खेल्ने

पोखरा ।

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) २०२५ को दोस्रो क्वालिफायर आज हुँदैछ ।

एनएसएलको फाइनलमा पुग्न आज दोस्रो क्वालिफायरमा धनगढी एफसी र पोखरा थन्डरबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामासाँझ ६ बजेबाट सुरु हुनेछ ।

धनगढीले पहिलो क्वालिफायरमा ललितपुर एफसीसँग पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो भने पोखराले इलिमिनेटरमा एफसी चितवनमाथि ३–० को सहज जित निकाल्दै धनगढीसँगको भेट पक्का गरेको हो ।

लिग चरणमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए । आजको विजेताले उपाधिका लागि आउँदो शनिबार ललितपुर सिटीसँग खेल्नेछ ।

आजको खेल ब्राजिलका लेजेन्डरी फुटबलर रोबर्टो कार्लोसले पनि हेर्नेछन् । ५२ वर्षीय कार्लोस हिजो काठमाडौं आइपुगेका हुन् । उनले तीन विश्वकप खेलेका छन् ।

कार्लोस सम्मिलित ब्राजिलको टोली सन् १९९८ विश्वकप फुटबलको फाइनलमा प्रवेश गर्दै उपविजेता बनेको थियो । सन् २००२ मा एसियामा भएको पहिलो विश्वकपमा भने उनी सम्मिलित ब्राजिल च्याम्पियन भएको थियो ।

उनले सन् २०१६ मा उनले व्यावसायिक फुटबल खेल्न छाडेका थिए ।

प्रकाशित मिति २०८२ वैशाख १० गते बुधबार ०९:५८
हजुरको प्रतिक्रिया