२०८३ साउन २१ गते बिहीबार

आन्दोलनरत चिकित्सकहरुले आज स्वास्थ्य मन्त्रालय घेर्दै

आन्दोलनरत चिकित्सकहरुले आज स्वास्थ्य मन्त्रालय घेर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ११ गते बिहीबार ०९:३३

संघले आन्दोलन गर्नु बाध्यता भएको बताएको छ । सर्वसाधारणमा पर्न गएको असुविधाप्रति संघले माफी माग्दै यसको सम्पूर्ण जिम्मेवार सरकार हुने जनाएको छ ।

देशभरका स्वास्थ्य संस्था ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं ।

निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु आजदेखि देशभरका स्वास्थ्य संस्था ठप्प पारेर आन्दोलनमा उत्रिने भएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल चिकित्सक संघले यस्तो चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा डा. तेजशु मल्लले आज वैशाख ११ गते देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने बताए ।

उनले काठमाडौं उपत्यकामा रहेका निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरुले माईतीघर मण्डलमा जम्मा भइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने जानकारी दिए ।

२८ दिनदेखि जारी चिकित्सकको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र उदासिन भएको आरोप उनले लगाएका छन् ।

उनले निजी स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण चिकित्सकहरुलाई आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिनसमेत आग्रह गरे ।

निजी मेडिकल सञ्चालकले मानसिक दबाब दिएर आत्मसम्मानमाथि गम्भीर प्रहार गरेको उनको भनाइ छ ।

आन्दोलन व्यक्तिगत स्वार्थको लागि नभइ सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि भएको उनले स्पष्ट पारे ।

संघले आन्दोलन गर्नु बाध्यता भएको बताएको छ । सर्वसाधारणमा पर्न गएको असुविधाप्रति संघले माफी माग्दै यसको सम्पूर्ण जिम्मेवार सरकार हुने जनाएको छ ।

प्रकाशित मिति २०८२ वैशाख ११ गते बिहीबार ०९:३३
हजुरको प्रतिक्रिया