२०८३ साउन २१ गते बिहीबार

स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने ( सूचनासहित)

स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने ( सूचनासहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ११ गते शुक्रबार ०५:१५

काठमाडौं । विगत २१ महिनादेखि राेकिएकाे स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा...

काठमाडौं । विगत २१ महिनादेखि राेकिएकाे स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् ।

वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४/३ वर्षे स्नातकतह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा कोभिड-१९ का कारण वैशाख १३ गतेपछिका परीक्षाहरु स्थगित भएका थिए ।

परीक्षा दिन परीक्षार्थीहरुले आफूले परीक्षा दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिनुपर्ने छ । यसमा अन्यथा हुन गएमा त्रिवि परीक्षा नियन्त्रण कार्यलय जवाफदेही नहुने जनाएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यलयले परीक्षा फारम छुटेका विद्यार्थीलाई असार १५ सम्म फारम भर्ने समय दिएको छ ।

परीक्षा फारम भर्न छुटेकाले सूचना प्रकाशित भएको मितिदेखि असार १५ गतेसम्ममा परीक्षा आवेदन फारम भर्न/भराउन सम्बन्धित क्याम्पसहरुले २०७८ असार १६ गतेभित्र आवश्यक प्रक्रिया पुर्‍याइ परीक्षा आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यलयमा बुझाइसक्न निर्देशन दिएको छ ।

साथै प्राइभेट (आंशिक) परीक्षार्थीहरुले पनि सोही मितिभित्र अनलाइनबाट परीक्षा फारम भर्न सूचित गरेको छ ।

हेर्नुहाेस् सूचना

 

प्रकाशित मिति २०७८ असार ११ गते शुक्रबार ०५:१५
हजुरको प्रतिक्रिया