२०८३ साउन २१ गते बिहीबार

फिर्के खोला पुल निमार्णको ठेक्का रद्द

फिर्के खोला पुल निमार्णको ठेक्का रद्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ११ गते बिहीबार ०२:२९

पोखरा पोखरा–बागलुङ राजमार्गअन्तर्गत जिरो किमिदेखि हरिचोकबिचमा रहेको पोखरा महानगरपालिका ४ र ५ जोड्ने फिर्केखोलामा ७ वर्षसम्म पनि पुल नबनेपछि सम्झौता रद्द गरिएको छ । २०७७ चैत ३० गते पुल निर्माण गरी सक्ने सम्झौता भएपनि २०८२ सम्म...

७ वर्षसम्म पनि पुल नबनेपछि तोडियो ठेक्का

पोखरा

पोखरा–बागलुङ राजमार्गअन्तर्गत जिरो किमिदेखि हरिचोकबिचमा रहेको पोखरा महानगरपालिका ४ र ५ जोड्ने फिर्केखोलामा ७ वर्षसम्म पनि पुल नबनेपछि सम्झौता रद्द गरिएको छ ।

२०७७ चैत ३० गते पुल निर्माण गरी सक्ने सम्झौता भएपनि २०८२ सम्म पनि नबनेपछि सडक डिभिजन कार्यालय पोखराले सम्झौता रद्द गरेको हो ।

पटकपटक ताकेता गर्दासमेत कुनै सुनुवाई नभए पछि ठेक्का रद्द गर्न बाध्य भएको सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी इन्जिनियर धु्रव पोखरेलले जानकारी दिए । पुल निर्माणका लागि २०७५ सालमा शान्ति आरोग्य जेभी सानेपा ललितपुरले १२ करोड ३२ लाख २६ हजार १७६ रुपैयाँमा ठेक्का पाएको थियो ।

तर, तेस्रो पटकको म्याद सकिएको १० महिनासम्म पनि काम नभएपछि ठेक्का रद्द गरिएको पोखरेलले बताए । अहिलेसम्म फाउन्डेसनको मात्र काम भएको उनको भनाइ छ ।

पछिल्लो पटक २०८० मा २०८१ असार २० गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । जिरो डिवकमिदेखि हरिचोक सडक ६ लेन बनेपनि पुल साँघुरो हुँदा धेरै सवारी दुर्घटनामा पर्ने गरेका छन् ।

ठेक्का तोडिएसँगै पुल निर्माण झनै अन्योल बनेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफुसँग क्षमता नभएका काम ओगटेर राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक रहेको बताएका छन् । उनले पुल निर्माणका लागि छिट्टै नयाँ ठेक्का प्रक्रियामा जाने उल्लेख गरे ।

प्रकाशित मिति २०८२ वैशाख ११ गते बिहीबार ०२:२९
हजुरको प्रतिक्रिया