पोखरा ।
नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट ल आज नेपाल आउँदैछन् ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार अस्ट्रेलियन स्टुअर्ट ल आज राति आठ बजे काठमाडौं आइपुग्नेछन् ।
क्यानले स्टुअर्ट ललाई गत चैत १४ गते नेपाल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको घोषणा गरेको थियो । उनी र क्यानबीच दुई वर्षका लागि सम्झौता भएको छ ।
५६ वर्षीय स्टुअर्ट लले यसअघि बंगलादेश, वेस्ट इन्डिज , श्रीलंका र अफगानिस्तानको मुख्य प्रशिक्षकका रूपमा काम गरेका थिए ।
उनीसँग एसोसिएट राष्ट्र अमेरिकाको प्रशिक्षक सम्हालेको पनि अनुभव छ ।
उनको आगमनसँगै क्यानले टिम छनोटका लागि कोर क्याम्प गर्दैछ ।
कोर क्याम्पमा ५२ खेलाडीलाई चार टिममा विभाजन गरेर खेल खेलाइनेछ ।
ती चार टिमले भोलिदेखि २० गतेसम्म हुने क्यापमा मुलपानीको माथिल्लो र तल्लो मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मिति २०८२ वैशाख १२ गते शुक्रबार ०९:५४