२०८३ साउन २१ गते बिहीबार

स्कटल्यान्डमा हुने त्रिदेशीय आई शृंखलामा नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग

स्कटल्यान्डमा हुने त्रिदेशीय आई शृंखलामा नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १२ गते शुक्रबार १०:०४

क्लाइडेसडेल क्रिकेट क्लब ग्लास्गोमा हुने शृंखलामा घरेलु टोलीसहित नेपाल र नेदरल्यान्ड्स सहभागी हुनेछ । शृंखला जुन १५ देखि २० तारिखसम्म सञ्चालन हुनेछ ।

पोखरा ।

आउँदो जुनमा स्कटल्यान्डमा हुने त्रिदेशीय टी–२० आई शृंखलामा नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ ।

क्रिकेट स्कटल्यान्डले शृंखलाको तालिका हिजो सार्वजनिक गरेको हो ।

क्लाइडेसडेल क्रिकेट क्लब ग्लास्गोमा हुने शृंखलामा घरेलु टोलीसहित नेपाल र नेदरल्यान्ड्स सहभागी हुनेछ ।

शृंखला जुन १५ देखि २० तारिखसम्म सञ्चालन हुनेछ । नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल जुन १६ मा हुनेछ ।

शृंखलामा एक टोलीले एक अर्कासँग दुई पटक खेल्नेछन् । नेपालले जुन १७ मा स्कटल्यान्ड, १८ मा नेदरल्यान्ड्स र २० मा स्कटल्यान्डसँग पुनः खेल्नेछ ।

 

प्रकाशित मिति २०८२ वैशाख १२ गते शुक्रबार १०:०४
हजुरको प्रतिक्रिया