२०८३ साउन २१ गते बिहीबार

चेन्नई र हैदराबाद ‘गर या मर’ काे अवस्थामा

चेन्नई र हैदराबाद ‘गर या मर’ काे अवस्थामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १२ गते शुक्रबार ०५:३६

चेपुकमा हैदराबादले चेन्नईलाई अहिलेसम्म हराउन सकेको छैन ।

काठमाण्डाै‌ं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

यो खेल बेलुकी पौने ८ बजे चेन्नईको चेपुक स्टेडिममा शुरू हुनेछ ।

प्रतियोगितामा दुवै टोलीको प्रदर्शन निराशाजनक रहेको छ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न दुवै टोलीलाई जीतको आवश्यकता छ ।

हैदराबाट ८ खेलमा ४ अङ्कसहित तालिकाको नवौं स्थानमा छ । चेन्नई ८ खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा पुछारमा छ ।

आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म २१ पटक भेट भएकोमा चेन्नई १५ र हैदराबाद ६ खेलमा विजयी भएको छ । चेपुकमा हैदराबादले चेन्नईलाई अहिलेसम्म हराउन सकेको छैन ।

यी दुई टोलीबीच चेपुकमा अहिलेसम्म ५ पटक भेट भएकोमा सबै खेल चेन्नईले जितेको छ ।

प्रकाशित मिति २०८२ वैशाख १२ गते शुक्रबार ०५:३६
हजुरको प्रतिक्रिया