२०८३ साउन २१ गते बिहीबार

आन्दोलनलाई थप सशक्त बनाउँदै शिक्षक महासंघ

आन्दोलनलाई थप सशक्त बनाउँदै शिक्षक महासंघ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १५ गते सोमबार ०८:३४

अनिवार्य काठमाडौं आउन देशभरका शिक्षकहरुलाई आह्वान

काठमाडौं ।

प्रहरीले दमन गरेको भन्दै शिक्षकहरूले आफूले गरिरहेको आन्दोलनलाई थप सशक्त बनाउने भएका छन् ।

आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले अन्तिम लडाइँका लागि अनिवार्य काठमाडौं आउन देशभरका शिक्षकहरुलाई आह्वान गरेको छ । आइतबारको झडपमा पाँच प्रहरी र एक पत्रकारसहित २६ जना घाइते भएको प्रहरीले जनाएको छ । महासंघले भने ६२ जना शिक्षक कर्मचारी घाइते भएको र तीमध्ये एक दर्जनको अवस्था चिन्ताजनक रहेको दाबी गरेको छ ।

महासंघले सोमबार पनि बिहान ११ बजेदेखि माइतीघर–बानेश्वर क्षेत्रमा आन्दोलनको कार्यक्रम जारी रहने जनाएको छ ।

प्रकाशित मिति २०८२ वैशाख १५ गते सोमबार ०८:३४
हजुरको प्रतिक्रिया