२०८३ साउन २१ गते बिहीबार

एएफसी यू–२० वुमन्स एसियन कप छनोटको ड्र सार्वजनिक, नेपाल समूह ‘ए’ मा

एएफसी यू–२० वुमन्स एसियन कप छनोटको ड्र सार्वजनिक, नेपाल समूह ‘ए’ मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १६ गते मंगलबार ०९:१५

यस समूहमा नेपाल र उत्तर कोरियासँगै भुटान, मंगोलिया र साउदी अरेबिया छन् । नेपाल रहेको समूह ए का खेलहरु भुटानमा हुनेछ ।

पोखरा ।

एएफसी यू–२० वुमन्स एसियन कप छनोटको ड्र सार्वजनिक भएको छ ।

मलेसियाको क्वालम्पुरस्थित एएफसी हाउसमा सोमबार भएको ड्र अनुसार नेपाल साविक विजेता उत्तर कोरियासँगै समूह ए मा परेको छ ।

यस समूहमा नेपाल र उत्तर कोरियासँगै भुटान, मंगोलिया र साउदी अरेबिया छन् । नेपाल रहेको समूह ए का खेलहरु भुटानमा हुनेछ ।

अघिल्लो पटक सन् २०२४ मा भएको यू–२० वुमन्स एसियन कपको पहिलो चरणको छनोट पार गर्दै नेपाल दोस्रो चरणमा सम्म पुगेको थियो ।

सन् २०२३ मा भएको पहिलो चरणमा नेपालले प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्डलाई पछि पार्दै दोस्रो चरणमा पुगेको थियो । तर दोस्रो चरणमा भने नेपाल जितविहिन हुँदै बाहिरियो ।  यस पटक सिधै एक चरणको छनोट मात्र हुनेछ । एसियाका ३३ राष्ट्रलाई विभिन्न ८ समूहमा बाँडिएको छ ।

नेपाल रहेको समूह ए मा पाँच टिम रहँदा अन्य ७ समूहमा चार–चार टिम छन् ।

क्वालिफायरको खेलहरु आगामी अगष्ट २ देखि १० सम्म हुनेछ । छनोटमा २३ राष्ट्र सहभागी हुनेछन् ।  छनोट चरणबाट ११ राष्ट्र अर्को वर्ष अप्रलिमा थाइल्याण्डमा हुने एएफसी यू–२० वुमन्स एसियन कपमा छनोट हुनेछन् ।

थाइल्याण्ड भने आयोजकको हैसियतमा स्वत छनोट भइसकेको छ ।

८ समूहको समूह विजेता सिधै छनोट हुनेछन् भने उपविजेता मध्येबाट ३ उत्कृष्ट टिमले पनि यू–२० वुमन्स एसियन कपमा स्थान बनाउनेछन् ।

छनोट चरणका खेलहरू भुटान, चीन, लाओस, मलेसिया, म्यानमार, ताजिकिस्तान, उज्बेकिस्तान र भियतनाममा हुनेछन् ।

प्रकाशित मिति २०८२ वैशाख १६ गते मंगलबार ०९:१५
हजुरको प्रतिक्रिया