२०८३ साउन २१ गते बिहीबार

राष्ट्र बैंकको गभर्नर छनोट सिफारिश समितिको सदस्यमा महाप्रसाद अधिकारी नियुक्त

राष्ट्र बैंकको गभर्नर छनोट सिफारिश समितिको सदस्यमा महाप्रसाद अधिकारी नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १८ गते बिहीबार ०९:५७

सरकारले समितिका सदस्य डा.विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई सिफारिश समितिमा नियुक्त गरेको हो ।

काठमाडौं ।

नेपाल राष्ट्र बैंकको गभर्नर छनोट सिफारिश समितिमा तत्कालिन गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।

सरकारले समितिका सदस्य डा.विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई सिफारिश समितिमा नियुक्त गरेको हो ।

भट्टराईले एक महिनासम्म पनि बैठक बस्न नसकेको भन्दै राजीनामा दिएका थिए ।

हिजो बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीलाई सिफारिश समितिमा राख्ने निर्णय गरेको हो । उनलाई पूर्व गभर्नरको तर्फबाट राखिएको हो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वको सिफारिश समितिमा विज्ञ सदस्य विश्व पौडेल छन् ।

प्रकाशित मिति २०८२ वैशाख १८ गते बिहीबार ०९:५७
हजुरको प्रतिक्रिया