२०८३ साउन २१ गते बिहीबार

बडी बिल्डिङ च्याम्पियनसिपमा सुजन कुमार सिल्पकारको उत्कृष्ट प्रदर्शन

बडी बिल्डिङ च्याम्पियनसिपमा सुजन कुमार सिल्पकारको उत्कृष्ट प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १९ गते शुक्रबार ०९:३७

अष्ट्रेलियासहित विभिन्न मुलुक पुगेर नेचुरल बडी बिल्डिङ च्याम्पियनसिपमा नेपालको झण्डा बोकेर प्रतिस्पर्धामा उत्रिनेक्रममा हालसम्म ९० भन्दा बढी गोल्ड मेडल र ट्रफी जितिसकेको उनले बताए ।

नेपालको झण्डा विश्वमा चम्काउँदा पनि राज्यबाट ध्यान नपुुगेको सुजनको गुनासो

पोखरा ।

पोखराको न्यूरोड घर भई हाल अष्टे«लिया निवासी सुजन कुमार सिल्पकारले बडी बिल्डिङ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

३९ वर्षीय प्रोफेसनल नेचुरल बडी बिल्डर अमेरिकामा हुने नेचुरल ओलम्पियामा भाग लिने तयारीमा छन् ।

ओलम्पियालाई बडी बिल्डिङतर्फ सबैभन्दा ठूलो प्रतियोगिता मानिन्छ । उनी आईसिएन. वल्र्ड च्याम्पियनसिप–२०१९ मा एमच्योर वल्र्ड च्याम्पियन तथा सिड्नी डि.एफ.ए.सी.वल्र्ड च्याम्पियनसिप–२०२३ मा प्रो च्याम्पियन हुन् ।

अष्ट्रेलियासहित विभिन्न मुलुक पुगेर नेचुरल बडी बिल्डिङ च्याम्पियनसिपमा नेपालको झण्डा बोकेर प्रतिस्पर्धामा उत्रिनेक्रममा हालसम्म ९० भन्दा बढी गोल्ड मेडल र ट्रफी जितिसकेको उनले बताए।

उनका पदकमात्र डेढ सयभन्दा बढी छन् ।

बिहीबार पत्रकार सम्मेलनमा उनले नेपालको झण्डा बोकेर देशको नाम चम्काउँदै यतिधेरै मेडल जित्दा पनि राज्यको ध्यान नपुग्दा दुःख लाग्ने गरेको बताए ।

उनले आगामी डिसेम्बरमा अमेरिकामा हुने नेचुरल ओलम्पियामा नेपालको प्रतिनिधित्व गर्न जाँदैगर्दा यहाँको सरकारको ध्यानाकर्षण होस् भनेका छन् ।

६ वर्षदेखि नियमितरुपमा नेचुरल बडी बिल्डिङ च्याम्पियनहरुमा भाग लिँदै आउँदा विभिन्न प्रतियोगितामा यस्तै उपाधि जित्दा आफू नेपाली भएकोमा गर्व महसुस हुने उनले बताए ।

सन् २०२३ मा न्यूजिल्याण्डमा सम्पन्न आई.एन.बि.एन. प्यासिफिक वल्र्ड च्याम्पियनसिपमा विभिन्न डिभिजनमा एकैपटक ९ वटासम्म गोल्ड मेडल जितेको उनले स्मरण गरे ।

अष्ट्रेलियाको सिड्नीमा रहँदा उनले फिटनेससम्बन्धी पर्सनल ट्रेनरको रुपमा कार्यसमेत गर्दै आएका छन् ।

प्रो नेचुरल बडी बिल्डर प्लेयरको चिनारी बन्नु अघि उनी क्रिकेटर थिए । पोखरामै रहँदा उनले क्षेत्रीय क्रिकेट प्रतियोगितामा भाग लिएका थिए ।

सन् २००९ मा अष्ट्रेलिया गइसकेपछि सुरुआतका दिनमा विभिन्न सहर पुगेर क्रिकेट खेलेका उनले सन्् २०१२ मा ‘एनआरएनए नयाँ क्रिकेट क्लब’ बाट क्याप्टेनको प्रतिनिधित्वसमेत गरेका थिए ।

प्रकाशित मिति २०८२ वैशाख १९ गते शुक्रबार ०९:३७
हजुरको प्रतिक्रिया