२०८३ साउन २१ गते बिहीबार

महिला टी–२० विश्वकप २०२६ को फाइनल खेल लड्र्स क्रिकेट मैदानमा हुन

महिला टी–२० विश्वकप २०२६ को फाइनल खेल लड्र्स क्रिकेट मैदानमा हुन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १९ गते शुक्रबार ०९:४०

प्रतियोगितामा आयोजक इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंकाले स्थान सुरक्षित गरिसकेका छन् । बाँकी ४ वटा टोली छनोट प्रतियोगिताबाट छानिने छन् ।
नेपाली टोलीले पनि छनोटको पहिलो चरणमा यही मे महिनामा विश्वकप एशिया छनोट खेल्दैछ ।

पोखरा ।

आईसीसी महिला टी–२० विश्वकप २०२६ को फाइनल खेल लड्र्स क्रिकेट मैदानमा हुने भएको छ ।

आगामी वर्ष इंग्ल्यान्डमा हुने प्रतियोगिताको फाइनल जुलाई महिनाको ५ तारिखमा लड्र्समा हुने पक्का भएको हो ।

बिहीबार लड्र्समा आयोजित कार्यक्रममा प्रतियोगिता आयोजना हुने सात स्थान सार्वजनिक गरिएको हो ।

प्रतियोगिताका अन्य खेलहरू ओल्ड ट्राफोर्ड, हेडिङ्ले, एजबास्टन, ह्याम्पशायर बाउल, द ओभल र ब्रिस्टल काउन्टी ग्राउन्डमा हुनेछ ।

जुन १२ देखि शुरू हुने प्रतियोगितामा २४ दिनमा ३३ खेल हुनेछन् । पूर्ण खेल तालिका भने पछि सार्वजनिक गरिने जनाइएको छ ।

आउँदो संस्करणको महिला टी–२० विश्वकपमा अहिलेसम्मकै धेरै १२ वटा टोली सहभागी हुँदैछन् ।

प्रतियोगितामा आयोजक इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंकाले स्थान सुरक्षित गरिसकेका छन् । बाँकी ४ वटा टोली छनोट प्रतियोगिताबाट छानिने छन् ।

नेपाली टोलीले पनि छनोटको पहिलो चरणमा यही मे महिनामा विश्वकप एशिया छनोट खेल्दैछ ।

१२ वटा टोलीलाई २ वटा समूहमा विभाजन गरिनेछ र त्यसपछि नकआउट चरण हुँदै फाइनल हुनेछ ।

प्रकाशित मिति २०८२ वैशाख १९ गते शुक्रबार ०९:४०
हजुरको प्रतिक्रिया