२०८३ साउन २१ गते बिहीबार

नीति तथा कार्यक्रमले आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्छ : एमाले

नीति तथा कार्यक्रमले आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्छ : एमाले

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २० गते शनिबार ०९:१४

सरकारले तीन तहको सरकारबीच समन्वय, सहजिकरण र सहअस्तित्वको माध्यमबाट नीति तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारिता बढाउन खोजेको उनले बताए । नीति तथा कार्यक्रमले जनतामा रहेको निराशा चिर्ने विश्वास समेत उनले व्यक्त गरे ।

काठमाडौं ।

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने दाबी गरेका छन् ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सरकारले तीन तहको सरकारबीच समन्वय, सहजिकरण र सहअस्तित्वको माध्यमबाट नीति तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारिता बढाउन खोजेको उनले बताए । नीति तथा कार्यक्रमले जनतामा रहेको निराशा चिर्ने विश्वास समेत उनले व्यक्त गरे ।

उनले भने, ‘नीति तथा कार्यक्रमले अहिलेका विद्यमान आर्थिक समस्याहरुको समाधान हुने बाटो दिन खोजेको छ । तीन तहको सरकारको समन्वय, सहजिकरण र सहअस्तित्वको माध्यमबाट प्रभावकारिता हासिल गर्ने कुरालाई यसले जोड दिएको छ । कृषि क्षेत्रलाई प्राथमिकता दिन खोजेको पनि हामीले पाएका छौं । भोलिको दिनमा सरकारले बजेट बनाउँदा नीति तथा कार्यक्रमलाई समावेश गरेर जाने स्थिति बन्दाखेरी आर्थिक समृद्धिलाई यसले नयाँ ढंगबाट अगाडि बढाउनको लागि यसले मद्दत पु¥याउनेछ । निराशामा रहेका जनतलाई आशामा रुपान्तरण गर्नको लागि विविध पक्षबाट मद्दत पुर्याउनेछ ।’

नीति तथा कार्यक्रमको आधारमा बजेट निर्माण गर्न सकिए मुलुकमा रहेका विद्यमान आर्थिक, सामाजिक समस्याहरु हल हुने उनको दाबी छ ।

प्रकाशित मिति २०८२ वैशाख २० गते शनिबार ०९:१४
हजुरको प्रतिक्रिया