ब्राजिलले पेरु र अर्जेन्टिनाले काेलम्बियासँग खेल्ने
पोखरा । कोपा अमेरिकाको ४७ औं संस्करणका सेमिफाइनल समीकरण पूरा भएका छन् । आइतबार बिहान सम्पन्न दुई क्वाटरफाइनल पछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो ।
कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । भने अर्को खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हरायो ।
यही दुई टिम अर्जेन्टिना र कोलम्बिया दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
त्यसअघि घरेलु टोली ब्राजिलले पेरुसँग पहिलो सेमिफाइनल खेल्नेछ । २०१९ मा भएको संस्करणमा ब्राजिलले पेरुलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।
विश्वको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपामा दक्षिण अमेरिकाका १० राष्ट्रलाई दुई समूह्यमा विभाजन गरेर खेलाइएको थियो । जसमा समूह ‘ए’बाट अर्जेन्टिना मात्र सेमिफाइनल पुग्न सफल भएको छ । समूह ‘बी’ बाट ब्राजिलसँगै पेरु र कोलम्बिया सेमिफाइनल पुगेका हुन् ।
अब ब्राजिल र पेरुबीचको खेल मंगलबार बिहान नेपाली समय अनसार ४:४५ बजे सुरु हुनेछ । यस्तै अर्जेन्टिना र कोलम्बियाबीचको खेल बुधबार बिहान ६:४५ बजे सुरु हुनेछ ।
प्रकाशित मिति २०७८ असार २० गते आइतबार १२:००




