२०८३ असोज २४ गते शनिबार

आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र चेन्नई खेल्दै

आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र चेन्नई खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २० गते शनिबार ०४:२९

समान १० खेलमा चेन्नईको ४ अङ्क छ ।

काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । खेल बेङ्गलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

बेङ्गलुरु १० खेलमा १४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान १० खेलमा चेन्नईको ४ अङ्क छ । तालिकाको पुछारमा रहेको चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ ।

यसअघि हिजो भएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३८ रनले हरायो । यो जीतसँगै गुजरातको १० खेलमा १४ अङ्क भएको छ । गुजरात तालिकाको दोस्रो स्थानमा छ । हैदराबाद समान १० खेलमा ६ अङ्कसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति २०८२ वैशाख २० गते शनिबार ०४:२९
हजुरको प्रतिक्रिया