२०८३ साउन २१ गते बिहीबार

जनकपुरमा सीता जन्म जयन्तीको उत्सव

जनकपुरमा सीता जन्म जयन्तीको उत्सव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २३ गते मंगलबार १२:१७

जनकपुर । आज बैशाख शुक्ल नवमी, अर्थात सीता जयन्ती, देवी सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । रामनवमीको एक महिनामा सीता जयन्ती आउने गर्दछ । त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी खेत जोत्ने क्रममा सीता...

जनकपुर ।

आज बैशाख शुक्ल नवमी, अर्थात सीता जयन्ती, देवी सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

रामनवमीको एक महिनामा सीता जयन्ती आउने गर्दछ । त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा विभिन्न पुराण तथा रामायणमा उल्लेख छ । भगवान विष्णुको सातौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको बताइन्छ । भगवान रामसँग सीताको विवाह भएको थियो । पौराणिक ग्रन्थमा सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा उल्लेख गरिन्छ । सीतालाई नेपाली राष्ट्रिय विभूतिका रूपमा समेत सम्मान गरिन्छ ।

आज सीता जन्मस्थल जनकपुर धाममा विशेष मेला लाग्दछ ।

प्रकाशित मिति २०८२ वैशाख २३ गते मंगलबार १२:१७
हजुरको प्रतिक्रिया