२०८३ असोज २६ गते सोमबार

तीन संसदीय समितिको बैठक बस्दै, प्रतिनिधि सभाको पनि बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै, प्रतिनिधि सभाको पनि  बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २४ गते बुधबार ०९:०१

काठमाडौं । बुधबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । त्यस्तै साढे...

काठमाडौं ।

बुधबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । त्यस्तै साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बारपाक क्षेत्रमा भूकम्प पछि भएको पुनर्निर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षा हुनेछ । त्यस्तै बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन आ.व. २०८०÷८१ माथि छलफल सम्बन्धमा हुनेछ ।

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

त्यसैगरी संघीय संसदअन्तर्गत बुधबार नै प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८२—०८३ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ वैशाख २४ गते बुधबार ०९:०१
हजुरको प्रतिक्रिया