२०८३ असोज २५ गते आइतबार

विद्यार्थी र अभिभावकलाई बाँसको सामग्री बनाउने तालिम

विद्यार्थी र अभिभावकलाई बाँसको सामग्री बनाउने तालिम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २५ गते बिहीबार ०४:२५

बागलुङ बागलुङको जैमिनी नगरपालिका–३ का स्थानीयलाई बाँसको सामग्री बनाउने तालिम दिइएको छ । बाँसको उपयोगिता र सिप पुस्तान्तरण गर्नका लागि विद्यार्थी र अभिभावकलाई १५ दिने मुढा बनाउने तालिम दिइएको हो । विद्यार्थी र अभभिावकलाई...

बागलुङ

बागलुङको जैमिनी नगरपालिका–३ का स्थानीयलाई बाँसको सामग्री बनाउने तालिम दिइएको छ ।

बाँसको उपयोगिता र सिप पुस्तान्तरण गर्नका लागि विद्यार्थी र अभिभावकलाई १५ दिने मुढा बनाउने तालिम दिइएको हो ।

विद्यार्थी र अभभिावकलाई एक साथ घरायसी सिप पुस्तान्तरणको प्रयास थालेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले दिएको तालिमबाट विद्यार्थी, अभिभावक तथा शिक्षकले मुढा बनाउन सक्ने भएका छन् ।

बाँस तथा निगालोबाट मुढा बनाउने तथा अल्लो र भाँगोबाट डोरी निर्माण गर्न सकिने गरी ५४ जनालाई तालिम दिइएको वडा अध्यक्ष कृष्ण भुजेलले बताए । स्थानीय कच्चा पदार्थको सदुपयोग, सिपको पुस्तान्तरण तथा आत्मनिर्भरका लागि ३४ विद्यार्थी, १८ अभिभावक तथा दुई शिक्षकलाई तालिम दिइएको हो ।

रु.दुई लाख ५० हजार लागतमा बाँसजन्य सामग्रीबाट मुढा र अल्लो र भाँगोबाट धागो निकाल्ने तालिम दिइएको थियो । पछिल्लो समय प्लाष्टिकजन्य सामग्री र आयातित कपडाका कारण लोप हुन थालेको घरेलु उत्पादनलाई वडा कार्यालयले बढवा दिन थालेको छ ।

प्रकाशित मिति २०८२ वैशाख २५ गते बिहीबार ०४:२५
हजुरको प्रतिक्रिया