२०८३ साउन २१ गते बिहीबार

काेपा अमेरिका : ब्राजिल र पेरूकाे फाइनल भिडन्त भाेली बिहान

काेपा अमेरिका :  ब्राजिल र पेरूकाे फाइनल भिडन्त भाेली बिहान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २१ गते सोमबार ०७:०५

पाेखरा । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत मंगलबार बिहान पहिलो सेमिफाइनल खेल हुँदैछ । जसमा घरेलु टोली ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्नेछ । निल्टन सान्तोस रंगशालामा हुने खेल नेपाली समय अनुसार बिहान ४:४५ बजे शुरु हुनेछ...

खेल नेपाली समयअनुसार मंगलबार विहान ४ : ४५ बजेदेखि शुरू

पाेखरा । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत मंगलबार बिहान पहिलो सेमिफाइनल खेल हुँदैछ । जसमा घरेलु टोली ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्नेछ । निल्टन सान्तोस रंगशालामा हुने खेल नेपाली समय अनुसार बिहान ४:४५ बजे शुरु हुनेछ । ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई १–० ले पराजित गरेको थियो ।

पेरुले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । पछिल्लो पटक २०१९ मा भएको कोपा अमेरिकामा ब्राजिल र पेरु नै फाइनलमा भिडेका थिए । घरेलु मैदानमै भएको उक्त प्रतियोगितामा ब्राजिलले पेरुलाई हराउँदै उपाधि जितेको थियो । दुई वर्षपछि ब्राजिलले सेमिफाइनलमा त्यही पेरुसँग खेल्दैछ ।

यस संस्करणमा पनि यी दुई टोली एउटै समूहमा परेका थिए । समूह बी मा ब्राजिलले पेरुलाई ४–० ले पराजित गरेको थियो ।

यसपटक पनि ब्राजिल उपाधि दाबेदार टोलीको रुपमा छ भने पेरु अन्डरडगको रुपमा छ । सन् २०११ र २०१५ मा क्वाटरफाइनलबाटे बाहिरिएको ब्राजिलले २०१६ मा समूह चरण समेत पार गर्न सकेको थियो । २०१९ को च्याम्पियन ब्राजिल यसपटक पनि घरेलु मैदानमा हुँदा उपाधिको दाबेदारको रुपमा छ ।

ब्राजिलले ९ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । जसमा ५ पटक आयोजकको रुपमा जितेको छ । अर्को तथ्य ब्राजिलले आयोजक हुँदा सधैं उपाधि जितेको छ ।

ब्राजिलले पछिल्लो पटक सन् १९९७ र १९९९ तथा २००४ र २००६ मा लगातार दुई पटक उपाधि जितेको थियो ।

दुई पटकको च्याम्पियन पेरुले भने सन् १९७५ यता उपाधि जित्न सकेको छैन । २०१९ को फाइनलमा हारेको पेरु २०११ र २०१५ मा तेस्रो भएको थियो ।

ब्राजिल र पेरुबीच अहिलेसम्म कुल ४९ खेल हुँदा ब्राजिलले ३५ खेल जितेको छ । पेरुले ५ खेल मात्र जित्दा ९ खेल बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति २०७८ असार २१ गते सोमबार ०७:०५
हजुरको प्रतिक्रिया