२०८३ असोज २४ गते शनिबार

पहिलोपल्ट मोफसलमा हुँदै एनभिए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिग

पहिलोपल्ट मोफसलमा हुँदै एनभिए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २७ गते शनिबार ०९:४४

आगामी जेठ ८ देखि १५ गतेसम्म लिग पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुनेछ । नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत यसपटक लिग पोखरामा गर्ने जानकारी दिएको हो ।

आगामी जेठ ८ देखि पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने

पोखरा ।

प्रधानमन्त्री कप एनभिए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिग पहिलोपल्ट मोफसलमा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल निर्माणाधीन रहेकाले एनभिए लिग पहिलो पल्ट मोफसलमा सारिएको हो ।

आगामी जेठ ८ देखि १५ गतेसम्म लिग पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुनेछ । नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत यसपटक लिग पोखरामा गर्ने जानकारी दिएको हो ।

लिगअन्तर्गत पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

पुरुषमा हेल्प नेपाल स्पोट्र्स क्लव, एपिएफ, त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लवको प्रतिष्पर्धा रहनेछ ।

महिलामा भने नेपाल पुलिस क्लव, एपिएफ क्लव, त्रिभूवन आर्मी क्लव, न्यु डायमन्ड युथ स्पोट्र्स क्लव, एभरेस्ट भलिबल क्लव र कर्णाली प्रदेशले सहभागिता जनाउनेछन् ।

हरेक टोलीले तीन विदेशी खेलाडी अनुवन्ध गर्न पाउनेछन् । नेपाल भलिबल संघले यस पटकदेखि सहभागी टोलीलाई प्रतिव्यक्ति १ हजार २०० रुपैयाँ म्याच मनीका रूपमा उपलब्ध गराउने भएको छ ।

दुवैतर्फका विजेताले ८ लाख उपविजेताले चार लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको अनुमानित बजेट ९० लाख रुपैयाँ रहेको आयोजक जानकारी दियो । सबै खेलाडीको बीमा गरिएको संघले जनाएको छ ।

 

प्रकाशित मिति २०८२ वैशाख २७ गते शनिबार ०९:४४
हजुरको प्रतिक्रिया