२०८३ असोज २५ गते आइतबार

निकेशले जिते गण्डकीस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशले जिते गण्डकीस्तरीय गजल प्रतियोगिताको उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २७ गते शनिबार ०६:५८

तनहुँ । गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि कास्कीका निकेश गिरीले जितेका छन् । शनिबार तनहुँको शुक्लागण्डकीमा भएको प्रतियोगितामा २९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । निकेशले ११ हजार रुपैयाँको साथमा प्रमाणपत्र...

तनहुँ ।

गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि कास्कीका निकेश गिरीले जितेका छन् ।

शनिबार तनहुँको शुक्लागण्डकीमा भएको प्रतियोगितामा २९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

निकेशले ११ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाए । गोरखाका कृष्णबहादुर महत दोस्रो भए । कास्कीकै मदन घिमिरेले तेस्रो स्थान हासिल गरेका छन् ।

महत र घिमिरेले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेता गजलकारलाई शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक ‘राजु’, अग्रज साहित्यकार शेषमणि आचार्य र शुक्ला साहित्य संगमकी अध्यक्ष टुकादेवी आचार्यले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा गजलकार रुपिन्द्र प्रभावी ‘कटु’, सरस्वती श्रेष्ठ ‘सरु’ र अनुराग अधिकारी निर्णायक रहेका थिए ।

शुक्ला साहित्य संगमको आयोजनामा शुक्लागण्डकी नगरपालिकाको युवासँग नगरपालिका कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो ।

गण्डकी प्रदेशभरका ३० जना गजलकारले अनलाइनमार्फत सिर्जना पठाएका थिए । उत्कृष्ट १० मा छनोट भएकालाई शनिबार प्रतिस्पर्धा गराइएको हो ।

प्रकाशित मिति २०८२ वैशाख २७ गते शनिबार ०६:५८
हजुरको प्रतिक्रिया