२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रज्ञा प्रतिष्ठानमा पदाधिकारीका लागि दरखास्त आह्वान

गण्डकी प्रज्ञा प्रतिष्ठानमा पदाधिकारीका लागि दरखास्त आह्वान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २९ गते सोमबार ०५:१२

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रज्ञा प्रतिष्ठानका लागि कुलपति र प्राज्ञ पदाधिकारीका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले २०८२ सालको जेठ २७ गते प्रतिष्ठान सञ्चालनसम्बन्धी ऐन,...

पोखरा ।
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रज्ञा प्रतिष्ठानका लागि कुलपति र प्राज्ञ पदाधिकारीका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले २०८२ सालको जेठ २७ गते प्रतिष्ठान सञ्चालनसम्बन्धी ऐन, २०७७ बमोजिम नियुक्तिका लागि १५ दिने आवेदन माग गरेको हो । आवेदन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको संस्कृति हेर्ने महाशाखामा बुझाउनु पर्नेछ ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार, दरखास्त दिन चाहने उम्मेदवार नेपाली नागरिक हुनुपर्छ । भाषा, साहित्य, लोक साहित्य, ललितकला, नाट्यकला, संगीत वा संस्कृतिको क्षेत्रमा अध्ययन वा अनुसन्धान गरेर ख्याति कमाएका व्यक्ति हुनुपर्नेछ उल्लेख छ । उम्मेदवारको उमेर ३५ वर्ष पूरा भएको हुनुपर्नेछ प्रावधान राखिएको छ ।

सदस्य पदका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण, कुलपतिको हकमा स्नातकोत्तर, र उपकुलपति तथा सदस्यसचिव पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता राखिएको छ । उम्मेदवारले नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको र प्रचलित कानुनअनुसार अयोग्य नठहरिएको हुनुपर्ने उल्लेख छ ।

उम्मेदवारले आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, व्यक्तिगत विवरण, भाषा, साहित्य, कला वा संस्कृतिसम्बन्धी योगदान प्रमाणित गर्ने कागजात, सोही क्षेत्रमा काम गरेको अनुभव प्रमाणपत्र तथा सम्बन्धित विधा विकासका लागि संक्षिप्त कार्ययोजना समेत संलग्न गर्नुपर्नेछ ।

संक्षिप्त कार्ययोजनामा सम्बन्धित विधाको विकास, स्रोत साधनको दिगो परिचालन तथा व्यवस्थापन र कार्यान्वयनका लागि समन्वय तथा सहकार्यका विषयहरू समावेश हुनुपर्ने उल्लेख छ ।

प्रकाशित मिति २०८२ वैशाख २९ गते सोमबार ०५:१२
हजुरको प्रतिक्रिया