२०८३ साउन २१ गते बिहीबार

बीमा क्षेत्रमा विश्वसनियता बढाउन आवश्यक छः अध्यक्ष ओझा

बीमा क्षेत्रमा विश्वसनियता बढाउन आवश्यक छः अध्यक्ष ओझा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १ गते बुधबार ११:३५

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाको विश्वसनियता बढाउने गरी काम गर्न बीमा कम्पनीहरुसँग आग्रह गरेका छन् । बुधवार काठमाडौंमा नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमलाई...

काठमाडौं ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाको विश्वसनियता बढाउने गरी काम गर्न बीमा कम्पनीहरुसँग आग्रह गरेका छन् ।

बुधवार काठमाडौंमा नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओझाले बीमा क्षेत्रमा देखिएका कमी, कमजोरीहरु हटाउँदै जानुपर्ने बताए । उनले सुधार नियमित प्रक्रिया भएकाले अहिलेको महत्वपूर्ण प्राथमिकता भनेको बीमाको विश्वसनियता बढाउनु रहेको उल्लेख गरे । उनले दाबी भुक्तानी, जीवन, निर्जीवनका विषयमा आएका गुनासोहरुको सम्बोधन गर्दै जानुपर्ने बताए । उनले बीमा प्राधिकरणमा उजुरीका संख्या बढिरहेको भन्दै यसले बीमाको क्षेत्रमा विश्वसनियतामा सही तरिकाले काम गर्न नसकेको हो की भन्ने प्रश्न सिर्जना हुनसक्ने बताए । बीमा क्षेत्रको क्रेडिबिलिटी बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘हामी बीमाको विश्वसनियता बढाउने गरी काम गर्न तयार छौँ । आजका दिनमा देखिएका कमी, कमजोरीहरु हटाउँदै जानेछौँ । सुधार नियमित प्रक्रिया हो । हाम्रो अहिलेको महत्वपूर्ण प्राथमिकता भनेको विश्वसनियता बढाउने नै हो । हामीले दाबी भुक्तानी, जीवन, निर्जीवनका विषयमा जे जस्तो गुनासोहरु आउने गर्दछन् । त्यसलाई हामीले क्रमशः घटाउँदै जानुपर्ने छ । शुन्यमा पुर्‍ययाउनुपर्नेछ । बीमा प्राधिकरणमा उजुरीका संख्या बढिरहेका छन् । त्यसले हाम्रो विश्वसनियतामा सही तरिकाले काम गर्न नसकेको हो की भन्ने प्रश्न सिर्जना हुनसक्छ । बीमा क्षेत्रको क्रेडिबिलिटी बढाउन आवश्यक छ ।’

अध्यक्ष ओझाले एक वर्षको बीमाको प्राथमिकता सेवा प्रवाहमा सुधार र विश्वसनियतामा हुनुपर्ने बताए ।

प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ११:३५
हजुरको प्रतिक्रिया