२०८३ साउन २१ गते बिहीबार

युवा सराेकार

फाउण्डेसनले देशव्यापी खुल्ला निबन्ध प्रतियाेगिता गर्ने

फाउण्डेसनले देशव्यापी खुल्ला निबन्ध प्रतियाेगिता गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २९ गते सोमबार १०:१८

मदन भण्डारी फाउण्डेसन, कन्द्रीय कार्यालयले संविधान दिवसकाे सन्दर्भमा देशव्यापी खुल्ला निबन्ध प्रतियाेगिता आयाेजना गर्ने भएकाे छ । फाउण्डेसनका सचिव पेम्बा लामाका अनुसार प्रतियाेगितामा नेपालभरका इच्छुक लेखकहरूले असाेज १५ गते...

मदन भण्डारी फाउण्डेसन, कन्द्रीय कार्यालयले संविधान दिवसकाे सन्दर्भमा देशव्यापी खुल्ला निबन्ध प्रतियाेगिता आयाेजना गर्ने भएकाे छ ।

फाउण्डेसनका सचिव पेम्बा लामाका अनुसार प्रतियाेगितामा नेपालभरका इच्छुक लेखकहरूले असाेज १५ गते मध्यरातसम्म mbfnepal@gmail.com मा प्रतियाेगी निबन्ध इमेल गर्नुपर्नेछ । निबन्ध नेपालकाे संविधान र जननेता मदन भण्डारी शीर्षकमा २५०० शब्द नबढाई लेखिएकाे हुनुपर्ने समेत सचिव लामाले बताए ।

बिजयी तीन जना लेखकहरूलाइ प्रथम पुरस्कार स्वरूप पन्ध्र हजार रूपैयाँ, दाेस्राे पुरस्कार स्वरूप दश हजार रूपैयाँ र तृतिय पुरस्कार स्वरूप पाँच हजार रूपैयाँ सहित पुरस्कृत गरिने फाउण्डेसनले जनाएकाे छ । त्यसका अलावा उत्कृष्ट दश निबन्धहरूलाई पुस्तकका रूपमा प्रकाशित समेत गरिने फाउण्डेसनले बार्दली न्युजलाई जानकारी गराएकाे छ ।

प्रकाशित मिति २०७७ भदौ २९ गते सोमबार १०:१८
हजुरको प्रतिक्रिया