२०८३ साउन २१ गते बिहीबार

आईसीसी विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड जाने नेपाली टोलीको बिदाइ

आईसीसी विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड जाने नेपाली टोलीको बिदाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ १ गते बुधबार ०३:००

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खला खेल्न स्कटल्यान्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मूलपानीमा आज एक कार्यक्रमको आयोजना गरी टोलीलाई बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा...

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खला खेल्न स्कटल्यान्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले मूलपानीमा आज एक कार्यक्रमको आयोजना गरी टोलीलाई बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा कप्तान रोहितकुमार पौडेल भने उपस्थित थिएनन् । रोहित कक्षा १२ के परीक्षामा सहभागी भएकाले पछि जाने क्यानले जनाएको छ । यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट ल यसअघि नै बेलायत गइसकेका छन् । नेपाली टोली आजै बेलुका प्रस्थान गर्नेछ ।

नेपाली टोलीले स्कटल्यान्डमा लिग–२ शृङ्खला खेल्नुअघि बेलायतमा अभ्यास क्याम्पमा सहभागी हुनेछ । नेपाल, आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी हुने लिग–२ आउँदो जुन २ देखि १० सम्म हुनेछ ।

लिग–२ पछि यी तीन देशबीच जुन १५ देखि २० सम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुनेछ । लिग–२ र टी–२० शृङ्खलाका लागि यसअघि नै नेपाली टोली घोषणा भइसकेको छ ।

लिग–२ का लागि नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), सन्दीप लामिछाने, गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, र करण केसी रहेका छन् ।

प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ०३:००
हजुरको प्रतिक्रिया