२०८३ साउन २१ गते बिहीबार

युराे २०२० : फाइनल प्रवेशका लागि इटाली र स्पेनको भिडन्त

युराे २०२० : फाइनल प्रवेशका लागि इटाली र स्पेनको भिडन्त

मन क्षेत्री

@Public 4K Tv

२०७८ असार २२ गते मंगलबार ०३:५१

पोखरा । युरो २०२० को पहिलो सेमिफाइनलमा आज राती अर्थात मंगलबार राती १२ : ४५ बजे इटाली र स्पेन आमने सामने हुँदैछन् । दुवै टोलीको सुन्दर खेलकाैशलका कारण याे सेमिफाइनल धेरै दर्शकको बहुप्रतिक्षित खेल हुनेछ । यी दुई टोली युरो कपको नकआउट...

के स्पेनले ताेड्ला इटालीको विगत तीन वर्षदेखिकाे अपराजित यात्रा ?

पोखरा । युरो २०२० को पहिलो सेमिफाइनलमा आज राती अर्थात मंगलबार राती १२ : ४५ बजे इटाली र स्पेन आमने सामने हुँदैछन् । दुवै टोलीको सुन्दर खेलकाैशलका कारण याे सेमिफाइनल धेरै दर्शकको बहुप्रतिक्षित खेल हुनेछ । यी दुई टोली युरो कपको नकआउट चरणमा लगातार चौथो पटक भिड्दैछन्।

युरो २०२० को सेमिफाइनलअन्तर्गत मंगलबार राति हुने खेलको विजेताले उपाधिका लागि इंग्ल्यान्ड वा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ।

इटाली र स्पेनबीच युरो कपमा कुल सात खेलमा प्रतिस्पर्धा भएका छन्। जसमध्ये स्पेनले ९० मिनेटभित्रमा एक खेलमा मात्र जित हात पारेको छ । युरो २०१२ को फाइनलमा इटालीलाई ४-० गोलले हराउँदै स्पेनले लगातार दोस्रो पटक युरो कपको उपाधि जितेको थियो। सो खेल नै स्पेनले युरो कपमा इटालीलाई ९० मिनेटमा हराएको एक मात्र खेल हो।

सन् २०१६ को युरो मा भने इटालीले स्पेनलाई अन्तिम १६ को खेलमा पराजित गरेको थियो। स्पेन पछिल्ला चार युरो कपमा तेस्रो उपाधिको खोजीमा हुनेछ। इटालीले भने सन् १९६८ मा उपाधि जितेपछि उपाधिविहीन हुँदै आएको छ।

यही मैदानमा बुधबार इंग्ल्यान्ड र डेनमार्कबीच दोस्रो सेमिफाइनल तथा आगामी आइतबार फाइनल खेल हुनेछ। मैदानमा दुवै टिमका फ्यान न्यून उपस्थिति हुनेछन्। किनभने स्पेन र इटालीबाट इंग्ल्यान्ड प्रवेश गरेपछि क्वारेन्टिन बस्नु पर्ने नियम छ।

इटाली विगत तीन वर्षदेखि अपराजित छ। लगातार ३२ खेलमा कुनै पनि टिमसँग नहारेकको इटाली युरो २०२० को उत्कृष्ट टिम देखिएको छ। इटालीले समूह चरणमा तीन वटै खेल जितेको थियो। अन्तिम १६ मा अस्ट्रिया तथा अन्तिम आठमा बेल्जिमयलाई हराउँदै इटालीले अन्तिम चारमा स्थान पक्का गरेको हो। इटाली टिममा लेफ्ट ब्याक लियोयान्द्रो स्पिनाजोला हुनेछैनन्। चोटका कारण उनीले स्पेनविरुद्धको खेल गुमाउन लागेका हुन्।

स्पेनले समूह चरणमा सोचजस्तो खेल्न सकेन। अहिलेसम्म खेलेका पाँच मध्ये एक खेलमा मात्र स्पेनले ९० मिनेटभिभत्र जित हात पारेको छ। समूह चरणको अन्तिम खेलमा स्लोभाकियालाई ५-० गोलले पराजित गरेको स्पेन त्यसअघिका दुई खेलमा बराबरीमा रोकिएको थियो। अन्तिम १६ मा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ ले पराजित गरेको स्पेनले स्विट्जरल्यान्डलाई क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा हराएको थियो।

प्रकाशित मिति २०७८ असार २२ गते मंगलबार ०३:५१
हजुरको प्रतिक्रिया