२०८३ साउन २१ गते बिहीबार

युराेकप – स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै इटाली फाइनलमा

युराेकप – स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै इटाली फाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार २३ गते बुधबार ०१:४२

पोखरा । स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा गएराति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई ४-२ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली स्टेडियममा...

इटलीको अपराजित यात्रा ३३ खेलसम्म पुग्यो

पोखरा । स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा गएराति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई ४-२ ले पराजित गरेको हो ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । इटलीका मानुएल लोकाटोलीको पहिलो प्रहार नै स्पेनका गोलकिपर उनाइ सिमोनले बचाएका थिए । तर त्यसको फाइदा स्पेनले लिन सकेन । स्पेनका डानी ओल्मोको प्रहार पोष्टबाट बाहिर गयो । त्यसपछि इटलीका लागि आन्द्रे बेलोट्टी, लिओनार्दो बोनुची र जर्गिन्होले गोल गरे । स्पेनका लाग जेरार्ड मवरेनो र थियागो अलकान्टाराले गोल गरे ।

निर्धारित समयमा गोल गरेका अल्भारो मोराटाको पेनाल्टी प्रहार भने इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले बचाए ।

त्यसअघि ६०औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर ८०औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मोराटाले बराबरी गोल फर्काएका थिए । स्पेनले राम्रो सुरुवात गरे पनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमै हराएको स्पेन इटलीविरुद्ध भने त्यही प्रदर्शन दोहोर्‍याउन सकेन ।

इटली सन् २०१२ पछि युरोकपको फाइनल पुगेको हो । त्यो बेला इटली स्पेनसँग फाइनलमा पराजित भएको थियो । यस युरोकपमा खेलेको ६ वटै खेल जितेको इटलीले अपराजित यात्रालाई ३३ खेलसम्म पुर्‍याएको छ ।

विश्वकप र युरोकपमा गरेर स्पेन पहिलो पटक सेमिफाइनलमा हारेको हो । जर्मनीसँगै सर्वाधिक ३ पटकको युरोकप विजेता स्पेनको चौथो पटक उपाधि जित्ने लक्ष्य यस पटक पूरा नहुने भएको छ ।

इटलीले अब उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति २०७८ असार २३ गते बुधबार ०१:४२
हजुरको प्रतिक्रिया