२०८३ असोज २६ गते सोमबार

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ४ गते शनिबार ११:०४

आजको बैठकमा संसद्मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटबारे छलफल हुनेछ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा अहिले दिउँसो दुई बजे बस्ने गरी बैठक बोलाएका छन् ।

आजको बैठकमा संसद्मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटबारे छलफल हुनेछ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

संसदीय दलको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सरकारको कामकारवाहिको समिक्षा पनि गरीने दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति २०८२ जेठ ४ गते शनिबार ११:०४
हजुरको प्रतिक्रिया