२०८३ साउन २१ गते बिहीबार

बेनी खानेपानी आयोजनाको क्षमता विस्तार

बेनी खानेपानी आयोजनाको क्षमता विस्तार

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ जेठ ५ गते आइतबार ०९:१५

ग्रामीण क्षेत्रबाट तीव्र बसाइँसराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानीको अभाव महसुस गरी २०६३ सालमा करिब पाँच करोडको लागतमा सुरु गरिएको खानेपानी संस्थामार्फत हाल बेनी नगरपालिका वडा नं २ हाँडेभिर, वडा नं ७ र ८ बेनीबजारका ११ सय ६० घरधुरीसहित दैनिक २५ हजार जनसंख्या खानेपानीको पहुँच भित्र रहेका छन् ।

२५ हजारलाई पुग्ने खानीपानी भण्डार

म्याग्दी ।

म्याग्दी सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा वितरण हुने खानेपानीको क्षमता विस्तार भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनीबजार गुणस्तर सुधार खानेपानी आयोजना अन्तर्गत बराहपाखो सामुदायिक बनमा पानी प्रशोधन ट्यांकी र ६ वटा सेक्सन भएको स्लो स्याण्ड फिल्टर ट्यांकी निर्माण गरी शनिबार परीक्षण गरिएको हो ।

बेनीबजारमा जनघनत्व बढ्दै जान थालेपछि खानेपानीको क्षमता विस्तार र गुणस्तर सुुधार गर्न वि.सं २०७८ असोजमा काठमाडौँको ए.एम प्याराडाइजसँग दुई करोड ४६ लाखको ठेक्का सम्झौतामा ३ लाख ५० हजार लिटर क्षमताको एउटा सेडिमेन्टेसन ट्यांकी र खानेपानी शुद्विकरणको लागि ६ वटा सेक्सन भएको ५ लाख ९४ हजार लिटर क्षमताको स्लो स्याण्ड फिल्टर ट्यांकी तयार भएको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इञ्जिनियर नवीन सुुवेदी सहितको प्राविधिक टोलीले अनुगमन गरी ट्यांकीको परीक्षण गरेर आवश्यक सुधार तथा थप संरचनाका बारेमा निर्माण पक्षलाई जानकारी गराएको छ ।

नयाँ संरचना तयार भएसँगै स्लो स्याण्ड फिल्टर ट्यांकीको क्षमता ९ लाख ४४ हजार लिटर, रिर्जभ वायर ट्यांकीको ५ लाख ७५ हजार लिटर र सेडिमेन्टेसन ट्यांकी ७ लाख लिटर क्षमताको भएको छ ।

ग्रामीण क्षेत्रबाट तीव्र बसाइँसराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानीको अभाव महसुस गरी २०६३ सालमा करिब पाँच करोडको लागतमा सुरु गरिएको खानेपानी संस्थामार्फत हाल बेनी नगरपालिका वडा नं २ हाँडेभिर, वडा नं ७ र ८ बेनीबजारका ११ सय ६० घरधुरीसहित दैनिक २५ हजार जनसंख्या खानेपानीको पहुँच भित्र रहेका छन् ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–८, राम्चेको पुम्दीखोला, रिठ्ठाखर्क, डाँडाखर्क, दुधे र कोप्रे खोलाबाट नियमित खानेपानी आपूर्ती भइरहेको छ भने बैकल्पिक खानेपानीका लागि बेनी नगरपालिका–२, स्थित म्याग्दी नदी किनारको इनारबाट लिफ्ट प्रविधिमार्फत पानी तान्ने व्यवस्था मिलाइएको छ ।

मुहानबाट ट्यांकीमा संकलन हुने पानी शुद्धीकरण गर्न ल्याबबाट परीक्षण र नियमित सरसफाईसहित विभिन्न सचेतनामुलक अभियान समेत सञ्चालन गर्ने गरिएको छ ।

प्रकाशित मिति २०८२ जेठ ५ गते आइतबार ०९:१५
हजुरको प्रतिक्रिया