२०८३ असोज २५ गते आइतबार

सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर पुगे सगरमाथा

सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर पुगे सगरमाथा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ५ गते आइतबार ०१:५६

सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आज बिहान ९ बजेर २० मिनेटमा आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको...

सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनले आज बिहान ९ बजेर २० मिनेटमा आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिए ।

सहायक निरीक्षक छत्यालले यसअघि छ हजार एक सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए ।

‘तराई, पहाड, हिमालः सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल’ भन्ने सन्देशसहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनले वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सफल आरोहणको शुभकामनासहित बिदाई गरेका थिए ।

सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नम्बर–१९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन् ।

प्रकाशित मिति २०८२ जेठ ५ गते आइतबार ०१:५६
हजुरको प्रतिक्रिया