२०८३ साउन २१ गते बिहीबार

नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल क्वालिफायरमा

नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल क्वालिफायरमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ६ गते सोमबार १२:३१

पोखरा यूएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । नेपाली महिला टोली पहिलो पटक टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । एशिया छनोटको सुपर–थ्रीमा यूएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ३ बल बाँकी...

पोखरा
यूएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । नेपाली महिला टोली पहिलो पटक टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो ।

एशिया छनोटको सुपर–थ्रीमा यूएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान इन्दु वर्माले नटआउट ३०, रुबिना क्षेत्रीले २३ रन बनाइन् । यूएईकी मिचेल बोथा, सुरक्षा कोटी, वैष्णवी महेश र ईशा वजाले १र१ विकेट लिए ।

यसअघि थाइल्यान्डको बैंककमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । यूएईकी कप्तान इशा वजाले सर्वाधिक ३९ रन बनाइन् । नेपालकी मनिषा उपाध्यायले ४ विकेट लिइन् ।

अब नेपालले सुपर–थ्रीको दोस्रो खेलमा भोलि थाइल्यान्डसँग खेल्नेछ । थाइल्यान्ड पनि यूएईलाई हराउँदै ग्लोबल छनोटमा पुगिसकेको छ ।

नेपाल एशिया छनोटमा समूह ुसीु को विजेता बन्दै सुपर–थ्रीमा पुगेको थियो । यस्तै आयोजक थाइल्यान्ड समूह ुएु को र यूएई समूह ुबीु को विजेता बन्दै सुपर–थ्रीमा पुगेका थिए ।

प्रकाशित मिति २०८२ जेठ ६ गते सोमबार १२:३१
हजुरको प्रतिक्रिया